बच्चालाई झाडापखाला भएका बेला जान्नैपर्ने कुरा



Download our app to get more features

♦ दुई हप्ताभन्दा कम समय झाडापखाला लागेको छ भने एन्टीबायोटिक खुवाउनुहुँदैन ।

♦ खुवाउनुपरेमा अनिवार्य चिकित्सकको सल्लाह लिनुपर्छ ।

♦ दुई हप्ताभन्दा लामो समय झाडापखाला लागेमा त्यसलाई दीर्घ झाडापखाला(क्रोनिक डायरिया) भनिन्छ । जसको उपचार फरक हुन्छ । त्यसमा पहिले कारण पत्ता लगाउनुपर्छ जसका लागि स्वास्थ्य संस्थामा लैजानुपर्छ ।

♦ केरामा पोटासियमको मात्रा बढी हुन्छ । झाडापखाला भएको बच्चामा यो तत्व कम हुन्छ ।

♦ त्यसले पेट फुलाउँछ, त्यसलाई नियन्त्रण गर्न फलफूल आवश्यक हुन्छ ।

♦ झाडापखाला लागेका वेला बच्चाले कतिपटक पिसाब गर्छ त्यो हेर्नुपर्छ । सो वेला कम्तीमा एक दिनमा ७ पटक पिसाब फेरेको हुनुपर्छ । झोलपदार्थ कम खाँदा कम पिसाब हुने र त्यसले मृगौलामा असर गर्ने हुन्छ ।

♦ झाडापखालाको उपचार गर्दा एन्टीबायोटिक खान आवश्यक छैन । त्यस्तो औषधि खुवाएमा बच्चाको रोगप्रतिरोधी क्षमता कम भई झनै समस्या हुन सक्छ ।

♦ दिसामा रगत गएको पाइएमा आउँ हुन सक्छ यस्तो वेला तत्काल स्वास्थ्य संस्थामा लगी दिसा जाँच गराउनुपर्छ ।

♦ समय नपुगी जन्मिएका बच्चा, रोगसँग लड्ने क्षमता कम भएको बच्चा, कुपोषण भएको बच्चालाई दीर्घ झाडापखाला लाग्ने सम्भावना हुन्छ ।

Last modified on 2018-08-09 08:10:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts