बाथ नियन्त्रण गर्ने घरेलु ५ उपाय



Download our app to get more features

सबैजसो बाथ रोगमा समान लक्षण भनेको जोर्नी दुख्नु र सुनिनु हो । बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने हो । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले फरक–फरक लक्षण देखाउँछन ।

बाथ सय भन्दा बढी प्रकारको हुन्छ तर गठिया बाथ अथवा प्यालोटोइड आर्थराइटिस सबैभन्दा धेरै देखिने बाथ रोग हो । गठिया बाथले मुख्यतः हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई बढी असर गर्छ । तर बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई हुन सक्छ।

लक्षण

  • बाथ रोग लागेपछि नली खुट्टा,घुँडा,र्जोनीहरू दुख्छन ।
  • शरीरको कुनै एउटा भागमा सहनै नसक्ने पीडा हुन्छ ।
  • माछा मासु पेयपदार्थ खाँदा बढी पीडा हुन्छ ।
  • विस्तारै विस्तारै शरीरको अन्य भागमा पनि फैलन्छ ।
  • रोगजति पुरानो भयो त्यति पीडा र अरु रोगसँग लड्ने क्षमता कम हुन्छ । 

रोकथामका उपाय

  1. बेसार र मेथीको सुठो १००/१०० ग्राम लिने । त्यसमा असुरगन्धा मिसाएर चिया चम्चाले एक चम्चा बेलुका सुत्ने बेलामा नियमित खाने ।
  2. खाली पेटमा पानीसँग तीन पोटी लसुन खाने, जसले कोलेस्ट्रोल कम हुन्छ र बाथ रोगमा राहत मिल्छ ।
  3. घाममा बस्ने ।
  4. नुन र टिम्मुर पानी उमालेर हातगोडा धुने ।
  5. नियमित व्यायम गर्ने ।
Last modified on 2018-08-09 16:11:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts