बालबालिकाको खानपीनमा समस्या भए के गर्ने ?



Download our app to get more features

हिजोआजका बालबालिकाहरुको खानपानको समस्या व्यवहारिक समस्याहरु मध्ये पहिलो नम्बरमा आउने गरेको छ । बालबालिकाहरुको शरिरिक विकास छिटो छिटो हुने गरेको र (motor development) चालको विकासको समय रहेको र यसका लागि पौष्टिक खाना र शक्तिको आवश्यकता पर्ने गरेको देखिन्छ ।

अर्कोतर्फ अभिभावकहरु आफ्नो बालबालिकालाई दिएको नयाँ खानेकुराहरु उनीहरुले नकार्ने (neophobia) अलग्गै बस्न रुचाउने र खाना नखाने व्यवहारले बालबालिकाहरु अस्वभाविक हुँदै गएको कुराले अभिभावकहरु आजित भएका देखिन्छन् ।

यस्तै समस्याहरु लिएर बालरोग विशेषज्ञहरु कहाँ आउने अभिभावकहरुको संख्या संसारभर सबैभन्दा उच्च रहेको छ । नयाँ तथ्याङ्क अनुसार बढ्दो उमेरका बालबालिकाहरुमध्ये २० देखि २५ प्रतिशत बालबालिकामा खाना नखाने समस्या रहेको देखाएको छ ।

खानपानको समस्या भएका बालबालिकाहरु

  1. कम खाने,
  2. ग्राह्रो मानेर खाने,
  3. खाना रोजेर मात्र खाने,
  4. खाना खादै नखाने  मध्ये १६ देखी ३० प्रतिशतलाई कुनै रोग लागेर नखाएको पाइने गरेको छ भने बाँकी अरुलाई बानिजन्य समस्या (Behavioral Problem) भएका कारण खाना नखाने गरेको पाइएको छ । एउटा बच्चाले खाना नखानुमा धेरै कुराहरुको भुमिका हुन्छ ।

बच्चाहरुले खाने बेलामा दिएको संकेत आमाले बुझ्न नसक्दा पनि खाना खुवाउन समस्या हुन्छ । बच्चाहरुको समस्याप्रति आमाको प्रतिकृया तथा बच्चालाई खुवाउने बेलाको आमाको मुडले (रिस वा राहत) र बच्चाको उमेर र विकास अनुसारको खाना लगायतका कुराहरुको समबन्ध रहेको हुन्छ ।

आमाको मुडले गर्दा बच्चाहरुले गाह्रो मानेर खाने अथवा खाँदै नखाने र आमाहरु धेरै रिसाउने चिच्याउने गरेको पाइन्छ जसका कारण छिटो तथा ढिलो खाना खाने समेत गरेको पाइन्छ । पछिल्लो अनुसन्धानले खानपिनको समस्या हुनेहरुमा बच्चाको आमाहरुले बच्चासँग कम कुरा गरेको र उनीहरुको इसारा नबुझेको, बच्चाको भावनालाई कम बुझेको, बच्चासँग कम खेल्ने गरेको देखाएको छ ।

Last modified on 2018-08-15 08:40:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts