सलाइन पानीको बारेमा जान्नैपर्ने कुराहरु...



Download our app to get more features

अस्पतालहरुमा बोतलमा झुन्डाएर सुइबाट दिने सलाइन पानी हामी सबैले देखेका छौ । भर्ना भएका विरामीहरु प्रायलाई सलाइन पानी दिइराखिएको हुन्छ । तर वास्तवमै सलाइन पानी के हो र यसमा के हुन्छ भन्ने जानकारी चै हामी मध्य कमैलाइ मात्र हुन्छ ।

के हो सलाइन पानी ?
सलाइन पानी बाहिरबाट हेर्दा प्राय उस्तै देखिए पनि विभिन्न किसिमको हुन्छ। मुख्यत धेरै प्रयोग हुनेमा “नर्मल सलाइन“ र “रिङ्गर ल्याक्टेट“ पर्दछन ।

“नर्मल सलाइन“ भनेको सजिलो भाषामा भन्नुपर्दा नुन र पानी हो। यसमा ०.९५ सोडियम क्लोराइड रहेको हुन्छ । 
“रिङ्गर ल्याक्टेट“ मा त्यसबाहेक थप ल्याक्टेट र पोटासियम पनि रहेको हुन्छ ।

सलाइन पानी कहिले प्रयोग गरिन्छ ?
सामान्यतया मुखबाट पानी र अन्य आवश्यक खनिज तत्व खान नसक्ने विरामीलाई सलाइन पानी दीन आवश्यक हुन्छ । शरीरबाट पानी खेर जाने स्थितीहरु जस्तैस् झाडापखाला, अत्याधिक रक्तस्राव आदि अवस्थामा खेर गएको पानी पुर्ती गर्न सलाइन पानी दिइन्छ ।

अपरेसन गर्न अस्पताल भर्ना भएका, पेट खाली राख्नुपर्ने विरामी, साथसाथै शल्यक्रियामा रगत खेर जाने सम्भावना भएका बिरामीहरुलाई पनि सलाइन पानी दिइन्छ । यसले शरीरमा रक्तसञ्चार जारी राखी महत्वपूर्ण अङ्गहरुलाई हानी हुनबाट जोगिन मद्दत पुर्याउँछ । 

इमर्जेन्सी वा भर्ना भएका विरामीहरुलाई किन सलाइन पानी दिइन्छ ?
इमर्जेन्सीमा आएका विरामीहरुलाई सकेसम्म चाढो रक्तनली खोलेर सलाइन पानी दिइने गरिन्छ । सिकिस्त बिरामीहरुको नशा पछि खोल्न गाह्रो हुनसक्ने र औषधिले चाँढै काम गर्नको निम्ति नशाबाट दिनुपर्ने हुनाले सलाइन पनि सँगसँगै दिने गरिन्छ । 

साथै अस्पताल भर्ना भएका बिरामीहरुलाई लगातार नशाबाट औषधि दिनु पर्ने भएकाले पनि सलाइन पानी चलाइ राखिन्छ ।

सलाइन पानीको बारेमा केही भ्रमः
आम मानिसहरुमा सलाइन पानी बारेमा केही भ्रमहरु रहेको पाइन्छ जुन नितान्त गलत हुन् । जस्तै:

१. सलाइन पानीले तागत दिन्छ स् मुखबाटै आवश्यक पोषण लिन सक्ने मानिसहरुलाई सलाइन पानीबाट थप तागत मिल्छ भन्नू भ्रम मात्र हो । सलाइन पानीमा पनि उहीँ नुन, पानी हुने भएकाले यो थप तागतिलो त शक्ति दिने हैन ।

२. शरीरमा वर्षको एकचोटी सलाइन चढाउनै पर्छ स् कतिपयलाई वर्षको एक वा दुई पटक सलाइन पानी चढाउनै पर्छ वा आफ्नो शरीरले नै माग्छ भन्ने गलत भ्रम हुन्छ । त्यस्तो शरिरलाई नै आवस्यक पर्ने भन्ने गलत सोचाइ मात्रै हो ।

३. सलाइन पानीले चिसो गराउछ: सलाइन पानीले त्यस्तो चिसो गराउने भन्ने पनि विरामीहरुमा रहेको भ्रम मात्र हो ।

सलाइन पानी प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु:

१. डाक्टरको पुर्जा फार्मेसीबाट किनेको स्लाइन पानी एकै हो कि हैन जाच गर्नुपर्छ । 

२. स्लाइन पानीको एक्स्पाइरी मिति र भित्र कुनै त्यस्तो संकास्पद केही बाहिरी बस्तु छ छैन जाच गर्नुपर्छ ।

३. स्लाइन पानी चढाउदै गर्दा सकिन लाग्दा नर्स, डाक्टरलाई खबर गर्नुपर्छ । 

 

Last modified on 2018-08-15 08:42:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts