भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको अवस्था नाजुक



Download our app to get more features

भारत, ३१ साउन । भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी बाजपेयीको अवस्था नाजुक हुँदै गएको छ । ९३ वर्षीय बाजपिय दिल्लीको एम्स अस्पतालमा उपचाररत छन् । पछिल्लो २४ घन्टामा उनको स्वास्थ्य झन् बिग्रिदै गएपछि उनलाई जीवन रक्षक प्रणालीमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

भारतीय जनता पार्टीको सबैभन्दा पुरानो र ३ पटक सम्म भारतको प्रधानमन्त्री बनेका बाजपेयीको मिर्गौलामा संक्रमण, छातीमा संकुलन र पिशाव कम हुने समस्याका कराण ११ जुनमा नै अस्पताल भर्ना गराइएको हो । एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाको नेतृत्वमा डाक्टरहरुको टीम उनको उपचार गरिरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts