ब्लु क्रस र प्रिमियर इन्स्योरेन्सबीच क्यासलेस भुक्तानीको सम्झौता



Download our app to get more features

काठमाडौं, ३१ साउन । ब्लु क्रस हस्पिटल र प्रिमियर इन्स्योरेन्सबीच स्वास्थ्य सेवामा क्यासलेस भुक्तानी गर्ने सम्झौता भएको छ ।

यो सम्झौतापछि इन्स्योरेन्सका कर्मचारीले ब्लु क्रस हस्पिटलमा उपचार गराउँदा कुनै पनि शुल्क तिर्नु पर्दैन ।

त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा आयोजित कार्यक्रमबीच अस्पताल र इन्स्योरेन्सबीच सम्झौता भएको हो । सम्झौता अनुसार अस्पतालले इन्स्योरेन्स कम्पनीका सबै कर्मचारीलाई छुट दिनुका साथै सबै प्रकारको रोगको उपचारको खर्च बेहोर्ने छ ।

इन्स्योरेन्सका कर्मचरीले बिरामी भएको दावी गरेपछि उसको उपचार अस्पतालले विशेष छुटका साथ गर्ने सम्झौता भएको अस्पताल प्रसाशनले जानकारी दिएको छ ।
 
 

Last modified on 2018-08-16 17:33:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts