भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको निधन



Download our app to get more features

भारत, ३१ साउन । भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ ।

३ महिनादेखि बिरामी रहेका बाजपेयीको दिल्लीको एम्स अस्पतालमा आज करिब साँझ साढे ५ बजे निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि डिमेन्सिया नामक रोगबाट पनि ग्रसित थिए ।

उनको मिगौलामा समस्या, पिसावमा संक्रमण, मधुमेह जस्ता रोगले थला परेपछि गत जुन महिनामा अस्पतालमा भर्ना गरिएको थियो ।

३ पटक सम्म भारतका प्रधानमन्त्री बनेका बाजपेयीको स्वास्थ्य अवस्था विहिबार विहानदेखि नै खस्किँदै गएको थियो । उनलाई भेट्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ३ पटक अस्पताल पुगेका थिए ।

उनलाई श्रद्धाञ्जली दिन अहिले एम्स अस्पतालमा भारतका मन्त्री, नेता तथा शुभचिन्तकहरु पुगिरहेका छन् ।


 
 

Last modified on 2018-08-16 18:04:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts