स्टार हस्पिटलमा भदौभर निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं, १ भदौ । स्टार हस्पिटलले भदौ महिनाभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सो शिविरको आज नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी छन् ।

‘स्वास्थ्य नै सम्पत्ती हो’ भन्ने नाराका साथ संचालन हुने शिविरमा मुटुरोग, मिर्गाैला रोग, कलेजो रोग, छाती रोग, पेटरोग, मधुमेह तथा थाईरोईड सम्बन्धी चिकित्सकीय सेवा प्रदान गर्नुका साथै चिकित्सकको सिफारिस अनुसार हुने परीक्षण, भर्ना शुल्क तथा अप्रेशनमा ५० प्रतिशत छुट हुनेछ । साथै औषधिमा १० प्रतिशत छुट दिने अस्पतालका सिओओ डा. सन्देश जिसी ले बताए । 

हिन्दु महिलाको महान चाड हरितालिका तिजलाई लक्षित गरी अस्पतालले भारी छुटका साथ महिला हेल्थ प्याकेज पनि संचालन गरेको अस्पतालका व्यवस्थापक हरि ढकालले बताए । शिविरको उद्घाटनका अवसरमा मुटुरोग विशेषज्ञ डा. देवकुमार न्यौपानेले स्वास्थ्य र सुन्दरता एकअर्काका परिपुरक रहेकोले सुन्दर रहन स्वस्थ मुटु र स्वस्थ शरीरको आवश्यकतामा जोड दिँएका थिए । 


 

Last modified on 2018-08-17 20:35:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts