यात्रा गर्दा वाकवाकी आउँछ ?



Download our app to get more features

मोटर गाडी र हवाई जहाजमा यात्रा गर्दा रिँगटा लाग्ने, वाकवाकी आउने, असहज अनुभव गर्ने समस्याबाट पीडित हुनेहरूको संख्या कम छैन । बोलचालको भाषामा ‘गाडी लाग्नु’ भनिने यो समस्यालाई चिकित्सकीय भाषामा ‘मोसन सिकनेस’ भनिन्छ । यात्राको अवस्थमा यो धेरै यात्रुमा  देखापर्छ, त्यसैले चिकित्सकको सल्लाहमा औषधि सेवन गरेर मात्र यात्रा गर्न चिकित्सकहरुको सुझाव छ । 

गाडी, हवाई जहाज र डुंगा आदिबाट यात्रा गर्दा धेरैजसो व्यक्तिलाई यस्तो समस्या देखिने हुन्छ । यो गम्भीर समस्या त होइन, तर यसले बेचैनी, पसिना आउने, रिँगटा लाग्ने र वान्तासम्मको चक्रले  व्यक्तिलाई आलस्यता बनाउँछ । त्यसैले यात्राका बेला गाडी लाग्ने अर्थात मोसन सिकनेसको समस्या छ भने चिकित्सकको सल्लाह लिएर औषधि सेवन गरेर यात्रा गर्न चिकित्सकको सुझाब छ । गाडी लाग्नु भनेको व्यक्ति विशेषको शरीरको सन्तुलनलाई अनुभव गर्ने अवस्थासँग जोडिएको समस्या हो । यात्रा गर्दा शरीरको इन्द्रियहरु आँखा कान आदिले सन्तुलित ढंगबाट आआफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य बान्ता उत्पन्न हुने चिकित्सकहरु बताउँछन् । 

मोसन सिकनेसबाट बच्ने तरिकाः
गाडीमा बसेको बेला सीधा हेर्ने गरे यो समस्या कम हुन्छ । 
आँखाको दृष्टि झ्याल छेउछाउका वस्तुमा भन्दा टाढा केन्द्रित गर्नुपर्छ । 
गाडीको पछिल्लो सिटमा बस्दा गतिको अनुभूति बढी हुन्छ, त्यही भएर गाडी लाग्ने अर्थात मोसन सिकनेस भएकाहरूले सम्भव भएसम्म गाडीको अगाडि बस्नुपर्छ ।
गाडि लाग्ने व्यक्तिहरूले यात्रा गर्नुअघि प्रोक्लोरपेराजिन वा जेनरिक नाम भएको औषधि सेवन गर्दा राहत मिल्छ । 

कसलाई हुन्छ मोसन सिकनेस ? 
दुई वर्षदेखि बाह्र वर्षसम्मका बालबालिका यस्तो समस्याप्रति अति संवेदनशील हुन्छन् । 
महिलालाई पनि बढी मोसन सिकनेस हुने गर्दछ । 
गर्भवती, रजस्वला भइरहेका वा हार्मोन लिइरहेका महिलाहरूलाई पनि गाडी लाग्ने अर्थात मोसन सिकनेस हुन्छ । 
माइग्रेन भएकाहरूलाई समेत बढी मोसन सिकनेस हुने गर्दछ । 
 

Last modified on 2018-08-19 19:11:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts