स्टार हस्पिटल र नेपाल बङ्गलादेश बैंकबीच सहकार्य



Download our app to get more features

ललितपुर, ४ भदौ । ललितपुरमा रहेको स्टार हस्पिटल र नेपाल बङ्गलादेश बैंक सँग सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि.सी तथा नेपाल बङ्गलादेश बैंकका तर्फबाट बैंकका डिपुटी सि.ई.ओ सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार स्टार हस्पिटलले नेपाल बङ्गलादेश बैंकका ग्राहक, कार्मचारी तथा ग्राहक र कर्मचारीहरुका परिवारजनहरु लाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने छ ।

छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैंकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ भने बैंकका कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाउनुपर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताए । 


 

Last modified on 2018-08-21 12:43:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts