रोचक तथ्य: पुरुषहरु सेक्सपछि किन सुत्छन ?
 
            स्त्रीहरु आफ्नो पुरुषसँग यौनकृया गरेपछि गुनासो गर्ने गर्छन् किनभने यौन कार्य गरे लगतै प्राय पुरुषहरु निन्द्रामा पर्ने गर्दछन् । त्यसबेला स्त्रीहरु आफ्नो साथीलाई कुनै रोग लागेको छ भन्ने अनुमान गर्दछन्। तर उनीहरुको उक्त निदाउने बानीमा भने डराउनु पर्ने छैन। किनभने सबै पुरुषहरु सेक्सपछि निदाउने गर्दछन् ।
यस्तो किन हुन्छ भनेर तपाईंहरुले सोच्नु भएको होला ? यौनकृया पछि पुरुषहरुमा आकसीटोसीन हरमोन्स मात्र ज्यादा हुने गर्दछ। यो बाहेक अन्य धेरै कारणहरु छन् सो बारेमा समान्य जानकारी लिउँ। यसका लागि पुरुष मानिसहरूमा पाइने रासायनिक परिवर्तन जिम्मेवार हुने गर्दछ।
सामान्यतया सेक्सपछि स्वाभाविक रुपमा उनीहरु निदाउँछन्। तथापि, पुरुषहरुले उक्त आफ्नो बानी नियन्त्रण गर्न पनि सक्ने विभिन्न अनुसन्धाबाट पनि पत्ता लागेको छ। खासमा भन्ने हो भने यौनकृयापछि पुरुषमा आकसीटोसीन हारमोन्सको मात्र ज्यादा हुने गर्छ जसले गर्दा उनीहरु आरामको खोजिमा हुन्छन्। साथै प्रोलोकिटनको प्रभाव उनीहरुको शरीरमा धेरै हुने भएकोले उनीहरु सेक्स पछि निदाउन पुग्छन्।
वास्तवमा सेक्स र निर्द्रा वीच गहिरो सम्बन्ध हुने गर्छ। राम्रो निर्द्राका लागि सेक्सको आवश्यकता हुने गर्छ। तर केटिहरुलाई भने उनीहरुको केटा साथीको यस्तो आदत भने राम्रो लाग्दैन। कुनै बखत पति(पत्नी विचमा हुने तनावलाई हटाउन सेक्स गर्ने गर्दछन्। पतीलाई सेक्स पछि मानसिक सन्तुष्टि पनि मिल्ने गर्छ भने कुनै बखत पत्नीलाई पनि निन्द्रा आउने गर्छ। बास्तवमा सेक्स कार्यलाई मानसिक पीडा हटाउने उपयुक्त माध्यम मानिने गरिन्छ। धेरै पटक थकान र दवाबका कारणले गर्दा पुरुषहरु सेक्स पछि निदाउँछन् ।
(एजेन्सीको सहयोगमा)
 
                                    
 
                         
                         
                         
                         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                 
                 
                 
                