खोर्सानेमा नोबेल हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

विराटनगर,  १२ भदौ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको हस्पिटलले जनाएको छ । 

शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्याबटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका ४३ जना बिरामीलाई नोबेल हस्पिटलमै रिफर गरिएको थियो । उनीहरूलाई अस्पताल ल्याउन नोबेलले नै गाडीको व्यवस्था मिलाएर बिशेष छुटमा उपचार गर्नेछ ।   शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति, बाल, मानसिक, हाडजोर्नी तथा नसा, नाक कान घाँटी, आँखा, दन्त लगायत रोगको उपचार गरिएको हो । ईसीजी, ल्याब टेस्ट र भिडियो एक्सरे पनि निःशुल्क गरिएको छ । यसैबीच नोबेल हस्पिटलले गाउँ–गाउँमा शिविर सञ्चालन गरेर बिपन्न बिरामीको उपचार गर्दै आएकाले धेरै राहत मिलेको शिविरमा आएका अधिकांसले प्रतिक्रिया दिएका छन् । 
गाउँ–गाउँका विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।  


 

Last modified on 2018-08-28 15:11:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts