सिरिन्ज प्रयोगमा लापरवाही गर्दा एकको मृत्यु, २५ को अवस्था गम्भीर



Download our app to get more features

मध्यप्रदेश (भारत), १३ भदौ । सिरिन्जको प्रयोगमा लापरवाही  गरेका कारण भारतको मध्यप्रदेश अन्तर्गत दातीया जिल्लामा एक जनाको मृत्यु भएको छ भने २५ जना गम्भीर बनेका छन् । 

सिरिन्जको प्रयोगमा नर्सबाट भएको लापरवाहीका कारण मृत्यु भएको अस्पतालका चिकित्सक तथा सिभिल सर्जन पिके शर्माले बताए । 

शर्माले भने, “सबै बिरामीलाई एउटै सिरिन्जमार्फत औषधि दिइएको भन्ने आएको छ । यो नर्सबाट भएको लापरवाही हो । उनीहरूले सिरिन्ज सफा गर्न पनि ‘डिस्टिल वाटर’को सट्टामा सामान्य पानीको प्रयोग गरेको भन्ने पनि भनाई छ ।” 

प्रहरीले यस बिषयमा छानविनका लागि समिति गठन गरी अनुसन्धान थालेको छ । हामीले अस्पतालमा प्रयोग हुने गलत सिरिन्जको प्रयोग भएको भन्ने गुनासो पाएका छौँ । यस सन्दर्भमा स्वास्थ्य समितिको प्रतिवेदन पर्खिएको छ । छानविन शुरु गरिएको छ ।

रासस

Last modified on 2018-08-29 07:27:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts