हेल्दी मानिने यी खाद्य पदार्थले बढाउँछ तौल



Download our app to get more features

स्वास्थ्य बारे केही कुरा आउन साथ हामी सबै चनाखो हुने गर्छौ । सके सम्म स्वस्थ (हेल्दी) खान खोज्छौ पनि । तर हामीले हेल्दी मान्दै आएका खानेकुराले नै स्वास्थ्यमा असर पारिरहेका हुन्छन भन्ने थाहा नहुन पनि सक्छ । जबकी तथाकथित रुपमा हेल्थी मानिएको त्यस्ता सामान कति हानिकारक छन् भनेर तपाई हामीले अब सोच्नु पर्ने बेला आएको छ । हेल्दी भनेर तौल कम गर्न हामीले बजारमा पाइने त्यस्ता पदार्थ सेवन गर्न थाल्छौ । तर परिणाम उल्टो भइरहेको हुन्छ । हामी कहिल्यै ठान्दैनौं की ती ‘हेल्दी’ पदार्थले हामी मोटाइ रहेका छौं । 

केमीकलबाट बन्छ कृत्रिम स्वीटनर
बजारमा अनेक प्रकारका रेडिमेड खाद्य पदार्थ पाइन्छ । हामी ती सामाग्रीको प्रयोग आफ्नो तौल नियन्त्रण गर्न र हाइजिन भनेर प्रयोग गर्छौ । तर, त्यसको परिणाम उल्टो हुन्छ । किनकी बजारमा पाइने त्यस्ता पदार्थमा केमिकल प्रयोग गरिएको हुन्छ । हाम्रो शरीरले यस प्रकारका केमीकल पचाउन सक्दैन । यस प्रकारका कृत्रिम सामाग्री बोसोको रुपमा शरीरमा जम्मा हुन्छ र तौल झन् बढ्छ ।

सोया मिल्क 
प्राय मानिसलाई थाहा हुँदैन की बजारमा पाइने सोया मिल्क मानव स्वास्थ्यको लागि कतिको खतरनाक हुन्छ भनेर । भनिन्छ, सोया मिल्क पिउनाले तौल कम हुन्छ । शरीर स्वस्थ रहन्छ । सोया मिल्कमा सबै गुण हुन्छ । तर बजारमा पाइने सोया मिल्कमा होइन घरमा बनाइनेमा मात्रै यस्ता गुण हुन्छन । बजारमा पाइने सोया मिल्कको गुणस्तर खराब हुन्छ । त्यसमा अध्यधिक मात्रामा प्रोसेस्ड हुन्छ । त्यसैले सोया मिल्क हानिकारक मिश्रणमा परिवर्तन हुन्छ र  शरीरलाई नोक्सान पु¥याउँछ ।

कृत्रिम मक्खनः बोसोको थुप्रो 
मार्जरीन एक प्रकारको कृत्रिम मक्खन हो । जसले हाम्रो शरीरमा अनावश्यक बोसोलाई बढाउने काम गर्छ । यदि तपाईँ चाहनु हुन्न की तपाईको तौल बढोस् भने कृत्रिम मक्खनको साटो घर मै तयार पारिएको मक्खनको प्रयोग गर्न सक्नु हुन्छ । जुन स्वास्थ्यका लागि पनि राम्रो हुन्छ र यसका स्वाद पनि कृत्रिम मक्खनको तुलनामा निकै नै राम्रो हुन्छ । कृत्रिम मक्खनको तुलनामा घरमै तयार पारिएको मक्खनमा राम्रो मात्रामा फ्याट हुन्छ । जसले हाम्रो शरीरको मेटाबोलिक प्रोसेसलाई प्रोत्साहित गर्छ ।

बन्द जुसः मन्द बिष
बाजारमा पाइने विभिन्न प्रकारका जुसमा चिनीको मात्रा त्यति नै हुन्छ जति सफ्टड्रिंकमा हुन्छ । डिब्बा बन्द जुस पिउनाले शरीरमा सुगरको मात्रा बढ्ने हुन्छ । साथै शरीरमा अनावश्यक फ्याटको मात्रा पनि बढाउँछ । डिब्बा बन्द फ्रूट जुस हानिकारक हुने अर्को कारण भनेको यसमा केमिकल र रंगको प्रयोग हुन्छ ।

पिठोले तयार पारिएको पाउरोटी
होल वीट ब्रेड अर्थात् पिठोले तयार गरिएको पाउरोटी जसलाई सबैभन्दा बढी स्वस्थकर मानिन्छ । तर, यो पाउरोटीको स्वाद र यसलाई धेरै दिनसम्म ताजा राख्नका लागि केमिकल प्रयोग गरिन्छ । जुन हाम्रो शरीरका लागि हानिकारक हुन्छ । होल वीट ब्रेड बनाउन प्रयोग हुने गँहुमा जेनेटिक्ली मोडिफाइड सामाग्रीहरू हुन्छन् । प्रोसेस्ड गँहुमा उत्तेजक सामाग्री हुन्छन् । जसले शरीरको विभिन्न भाग सुन्निन सक्छ । 

 

(बीबीसी फुडबाट)

Last modified on 2018-09-02 09:51:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts