केक काट्दा मैनबत्ती फुक्नु हुन्छ भने सावधान !



Download our app to get more features

तपाईंलाई आफ्नो जन्मदिन, विहेको वार्षिकोत्सव वा अन्य कुनैपनि खुशिको अवसरमा केक काट्न कत्तिको मन पर्छ ? तपाईं हामी सबैलाई कुनैपनि ठूलो सफलता वा खुशिको अवसर वा विशेषगरी जन्मदिनमा केक काट्न मन पर्छ । त्यसमापनि आजभोली बजारमा पाइने विभिन्न मैनबत्तीले केकलाई झन आकर्षक बनाउनमा मद्दत गर्छ । केकमा लगाइएको मैनबत्तीलाई फुकेर निभाउँदै हामीले आफ्नो खुशि व्यक्त गर्ने गर्छौ । तर, तपाईँलाई थाहा छ तपाईँले फुक्ने मैनबत्तीले तपाईं रोगको चपेटामा पर्दै हुनुहुन्छ भनेर ? तपाईं यो कुराले आश्चर्यमा पर्नुभयो होला तर अध्ययनकर्ताहरुले यो कुरालाई प्रमाणित गरेका छन् । 

अमेरिकाको क्लेम्सन यूनिभर्सिटी का अध्ययनकर्ताहरुले यो विषयमा लामो समयसम्म अध्ययन गरे र उक्त अध्ययनका क्रममा उनीहरुले केकमाथि लगाइएको मैनबत्तीलाई फुकेर निभाउनाले केकको आइसिंगमा रहेको ब्याक्टेरियाहरु १४ हजार को संख्यामा बृद्धि भएर जान्छ ।

क्लेम्सन यूनिभर्सिटीका अध्ययनकर्ताहरुका अनुसार जब हामी केकमाथि लगाइएको मैनबत्तीलाई फुकेर निभाउँछौँ त्यस समय हाम्रो मुखमा भएको ब्याक्टेरियाहरु केकमाथि आउँछ ।

जरनल अफ फूड रिसर्चमा प्रकाशित रिपोर्टका अनुसार प्राचीन संस्कृतिलाई मान्ने हो भने  मैनबत्तीबाट निस्कने धुवाले मानिसको इच्छा र प्रार्थनाहरुलाई भगवान सम्म पुर्याउँछ । विस्तारै यो परम्परा संसारका विभिन्न भागमा सामान्य बन्दै गयो । अध्ययनकर्ताहरुले मानिसको श्वासमा हुने बायोएरासेल्स ब्याक्टेरिया केकको सतहमाथि आएर बस्छ । 

मुखको ब्याक्टेरिया केकमा आएर बस्छ, भन्ने कुराको जाँच गर्नका लागि अध्ययनकर्ताहरुले एक फोइलिगं पेपरमाथि केकको आइसिंग राखेर त्यसमाथि मैनबत्ती बाले । त्यसपछि अध्ययनमा सहभागि मानिसहरुलाई पहिले पिज्जा खान भने र त्यसपछि केकमाथि बालिएको मैनबत्ती निभाउन लगाए ।

मैनबत्ती निभाइसकेपछि केकको आइसिंगमा पहिलेदेखि रहेको ब्याक्टेरियामा १४०० प्रतिशत ले बढोतरी भएको पाइयो । त्यसकारण अध्ययनकर्ताहरुले जन्मदिन मनाउँदा वा अन्य कुनै खुशिको समय केक काट्दा मैनबत्ती फुकेर निभाउने परम्परालाई त्याग्न सल्लाह दिएका छन् । किनकी हामीलाई कुनैपनि रोेगले आक्रमण गर्ने प्रमुख कारणमध्ये एक हो ब्याक्टेरिया ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-03 15:38:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts