सावधान ! एक पटक चुम्बन गर्दा सर्छ करोडौं ब्याक्टेरीया



Download our app to get more features

बीबीसी। एक पटक चुम्मन गर्दा नै करोडौं ब्याक्टेरीया मुखबाट प्रवेश गर्छ भन्दा धेरैले विश्वास नगर्न सक्छन् । तर, नेदरल्याण्डका वैज्ञानिकहरूले गरेको एक अध्ययन अनुसार यस्तै तथ्य सार्वजनिक भएको छ ।

नेदरल्याण्ड अर्गनाइजेशन फर एप्लाइड रिसर्च (टिएनओ) को अध्ययन रिर्पोट अनुसार १० सेकेन्ड चुम्बन गर्दा आठ करोड ब्याक्टेरीया दुबै जनाको मुखमा प्रवेश गर्छ । सो अध्ययनमा सम्लग्न वैज्ञानिकहरूले २१ जोडीले गरेको चुम्बनलाई आधार मानेर अध्ययन गरेका थिए । उनीहरूलाई दिनभरमा ९ पटक चुम्बन गर्न लगाइएको थियो र सोही अनुसार अध्ययन गरिएको थियो । 

सो अध्ययनले मानिसले चुम्बन गर्दा मुखमा ७ सय प्रकारका ब्याक्टेरीया करोडौंको संख्यामा प्रवेश गर्ने र निकै नै तिव्र गतिमा सक्रिय हुने पुष्टि गरेको छ ।

ती वैज्ञानिकरूले गरेको अध्ययन जर्नरल माइक्रोबिओममा सन् २०१४ मा छापिएको थियो । नेदरल्यान्ड अर्गनाइजेशन फर एप्लाइड रिसर्च (टिएनओ) को एक टोलीले जोडले चुम्बन गर्ने बानीसँग सम्बन्धित प्रश्न पनि सोधेका थिए ।

अध्ययनमा सहभागिहरुलाई दिनमा कति पटक चुम्बन गर्ने गरिएको छ र अन्तिम पटक लिप किस कहिले गरेका थिए भनेर सोधिएको थियो । त्यसपछि एक जोडीलाई प्रोबायोटिक ड्रिंक पिउन दिइएको थियो, जसको मद्दतले  ब्याक्टेरीयाको पहिचान सजिलै गर्न सकिन्थ्यो ।

त्यसपछि जोडीको दोस्रो चुम्बनको क्रममा अर्को जोडीको मुखमा कति ब्याक्टेरीया मुखमा जान्छ भनेर पनि वैज्ञानिकहरुले पत्ता लगाएका थिए । वैज्ञानिकका अनुसार एकदेखि दश सेकेन्डमा चुम्बन गर्दा आठ करोड ब्याक्टेरीया एक अर्काको मुखमा प्रवेश गर्छ ।

टोलीका प्रमुख प्रोफेसर रेमको कोर्टका अनुसार फ्रेन्च चुम्बनका बेला ब्याक्टेरीया बढी तिव्र हुन्छ र अत्यधिक मात्रामा एकअर्काको मुखमा प्रवेश गर्छ । 

सो अध्ययनको माध्यमले ब्याक्टेरीयासँग सम्बन्धित समस्याको उपचार पत्ता लगाउनमा मद्दत मिल्ले आशा गरिएको छ । 
 

Last modified on 2018-09-09 16:58:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts