गर्भावस्थामा तीजको व्रत बस्दै हुनुहुन्छ भने यि कुरामा ध्यान दिनुस् ...



Download our app to get more features

नारीहरुको महान पर्व हरतालिका तीज भोली भगवान शिवको पुजा आरधना गरी मनाइँदै छ । विवाहीत महिलाहरुले आफ्नो श्रीमानको सुस्वास्थ्य, दिर्घायू, प्रगति र सुख शान्तिका लागि यो व्रत बस्ने गर्छन् भने अविवाहित चेलीहरुले भगवान शिव जस्तै सुयोग्य वर पाउ भनेर यो व्रत बस्ने गर्छन् । 

धार्मीक र सांस्कृतीक महत्व बोकेको तीजको ब्रत बस्नाले घर परिवारमा पनि सुख शान्ति रहीरहने मान्यता पनि छ । तर, यदि तपाईँ गर्भवती हुनुहुन्छ वा भर्खरै आमा बन्नु भएको छ र तीजको व्रत बस्दै हुनुहुन्छ भने तपाईँले आफ्नो सँग सँगै आफ्नो बच्चाको पनि ख्याल गर्नुपर्छ । 

गर्भावस्थाका बेला व्रत राख्ने निर्णय आफ्नो स्वास्थ्यलाई ध्यान दिएर गर्नुपर्छ । किनकी यस अवस्थामा आमा र बच्चा दुवैलाई असर गर्न सक्छ । चिकित्सकको सल्लाह लिएर मात्रै व्रत बस्नु राम्रो हो 

गर्भावस्थामा व्रत बस्दा यि कुरामा ध्यान दिनुस्...
१. गर्भावस्थामा व्रत बस्दा चिया वा कफि धेरै नपिउनुस् । यसले तपाईँलाई डीहाइड्रेशन हुन सक्छ , जुन बच्चाको लागि खतरनाक हुन सक्छ । त्यसैले सकेसम्म ताजा जूस पिउने र ताजा फल खाने ।

२. व्रतमा गुलियो खानेकुरा खान सकिन्छ । तर, गर्भावस्थामा धेरै गुलियो खानाले बच्चा र आमाको लागि नोक्सानदेह हुन सक्छ । त्यसैले मिठाईँ भन्दा पनि फलफूल नै खानु राम्रो हो ।

३. गर्भावस्थामा निर्जला व्रत भुलेर पनि गर्नु हुँदैन । किनकी गर्भावस्थामा तपाईँको सिधा सम्पर्क बच्चासँग हुने हुँदा खाना नखाएको समय पानीमाथि नै निर्भर हुनुपर्छ । त्यसैले व्रतको समय नारियल पानी पिउनु धेरै फाइदाजनक हुन्छ ।

४. व्रतको दिन दिन धेरै हिँड्ने, नाच्ने गर्नु हुँदैन । घाममा सकेसम्म नजानु राम्रो ।

५. पूजा गर्नका लागि लामो समय सम्म लाइनमा नबस्ने र पुजा गर्ने समयपनि भुइँमा लामो समयसम्म बस्नु हुँदैन । किनकी यसले तपाईँलाई असहज र पीडा हुन सक्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-12 07:12:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts