मोबाइल फोनको अत्यधिक प्रयोगले घटाउँछ ध्यान केन्द्रित गर्ने क्षमता



Download our app to get more features

एजेन्सी/ लामो समयसम्म मोबाइल  फोनको प्रयोग गर्नाले शरीरमा विभिन्न रोग लाग्ने र जैविक परिवर्तन हुने एक अध्यनले देखाएको छ । एम्स र इण्डिया काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले गरेको अध्ययनमा यस्तो पुष्टि भएको हो ।

सन् २०१३ बाट दिल्ली एनसीआरमा रहदै आएका ४५ सय जनामा सो अध्ययन थालिएको थियो । सो अध्ययनमा भनिएको छ ‘मोबाइल फोनको धेरै प्रयोगले मानिसमा सुन्ने क्षमता कम हुने, ध्यान केन्द्रित नहुने, हाइपरऐक्टिभ जस्ता समस्या आउँछ ।’ अध्ययनमा सहभागी एक डाक्टर भन्छन् ‘मोबाइल प्रयोगका क्रममा फैलने रेडिएसनले मानव स्वास्थ्यमा नराम्रो असर पर्छ । यस कारण सकेसम्म कम मोबाइलको प्रयोग गर्दा राम्रो हुन्छ ।’ आईसीएमआरका साइन्टिष्ट डाक्टर आरएस शर्माले एम्समा सुरु भएको सो अध्ययनको अन्तिम नतिजा आउन ३–४ वर्ष लाग्ने बताए । उनले भने ‘यद्यपि, अहिले नै मोबाइलको अत्यधिक प्रयोग खतरनाक हो भन्न सक्ने स्थितिमा पुगिसकेका छौं ।’

मानौकी विश्व स्वास्थ्य संगठनले पहिला नै भनेको छ मोबाइलको अत्याधिक प्रयोगले क्यान्सर हुन सक्छ । १०–१५ वर्षसम्म यसको लगातार प्रयोग गरेमा क्यान्सर हुने बताइएको थियो । अध्ययनको सुरुको नतिजामा मोबाइलको धेरै प्रयोग गरेका मानव शरीरमा धेरै परिवर्तन देखिन्छ । जसले धेरै मोबाइल प्रयोग गर्छ त्यस्ता व्यक्तिलाई धेरै तनाव हुने गर्छ यो चिन्ताको विषय हो ।
 

Last modified on 2018-09-13 18:19:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts