एक स्वास्थ्यकर्मीले १५ वर्षअघि गरेकाे भूलको यसरी मागे माफी



Download our app to get more features

मैले आयुर्वेद हेल्थ असिस्टेन्ट कोर्ष पुरा गरेपछि जनकपुर अञ्चल अस्पतालमा ओजेटि गर्ने मौका पाए र त्यहाँ बिरामीलाई स्वास्थ्य सेवा दिने क्रममा धेरै विकृतहरु देखे । तर, म मौन बसे । दुर्भाग्य अहिले १५ वर्ष पछि पनि अवस्था त्यस्तै छ । 

सुधार भएको छैैन
सेवाको उपलब्धता र सेवाको संख्यात्मक रुपमा वृद्धि भएको होला । तर, बिरामी संग गर्ने व्यवहार र दुव्र्यवहार जस्ताको त्यस्तै छ ।

समस्या प्रसुती वार्ड र इमर्जेन्सीमा राति धेरै हुने गर्थ्यो । बिरामी आउदा सामान्य बिरामीलाई मेडिकल अफिसर तथा हामीले नै उपचार गर्थे र तर जब गम्भीर प्रकृतिको बिरामी प्रसुती र इमर्जेन्सी वार्डमा आउदा अनि समस्या हुन्थ्यो ।

समस्याको कारण हुन्थ्यो अनकलमा बसेको चिकित्सक अस्पताल न आउने । अनि बाध्य भएर हामीले बिरामीलाई धरान वा काठमाडौं रेफर गर्नु पर्थ्यो । अनकलमा बसेको चिकित्सकले पनि हामीलाई रेफेर गरिदिनु भन्नुहुन्थ्यो । मैले अस्पतालमा काम गर्दाखेरी चिकित्सकले बिरामीलाई हेलचेक्रयाई गर्दा पनि आफू मौन बसे, त्यही भुल हो

अहिले १५ बर्ष पछि पनि  जनकपुर अंचल अस्पतालको अबस्थामा खासै सुधार भएको छैन र अहिले पनि अस्पतालमा उपचारको लागि जानेहरु संग सोधनुस र के भन्नुहुन्छ ?

अहिले पनि इमर्जेन्सी र वार्डमा गएर हेर्नुस, राति आबश्यक परे अनकल मा रहेको चिकित्सक आउदैन र अनि बिरामी निजि अस्पतालमा जान बाध्य हुन्छन । तर त्यहि चिकित्सकले खोलेको निजि अस्पतालमा जानुस , त्यहि चिकित्सकले भर्ना भएको बिरामी लाई हेर्न दिनमा ६/७ पटक जान्छन् । तर त्यहि अंचल अस्पतालमा फलोअपमा एकपटक जान पनि आनाकानी गर्छन र अंचल अस्पतालको फलोअपको समयमा निजि अस्पतालमा ब्यस्त हुन्छन् चिकित्सकहरु र त्यसको कारण हो निजीमा जति धेरै पटक फलोअप मा गयो त्यति थेरै पैसा लिन्छन् बिरामी संग र तर अंचल अस्पतालमा त तलब मात्र ।

मैले चिकित्सकहरुको क्लिनिकको प्याथोलोजीमा पनि केहि बर्ष काम गर्ने मौका पाए, त्यहा पनि धेरै बिकृति देखेर त्याहाँ त चिकित्सकहरुले नै अनाबश्यक धेरै टेस्टहरु लेख्ने तर सबै टेस्ट गर्नु पर्दैन भन्ने गर्थ्यो र १÷२ वटा टेस्ट मात्र गरेर रिपोर्ट बनाउ भन्ने गर्थ्यो ।

अहिले पनि अबस्था पहिला भन्दा सुधार भएको छैन र निजि अस्पताल हरुमा अहिले पनि सीएस अपरेशन गर्न नपर्ने लाई पनि अपरेशन गर्ने गरिन्छ ।  स्टोन न हुनेलाई पनि अल्ट्रासाउण्डमा स्टोन देखाएर अप्रेसन गरिन्छ । जथाभावी अपरेसन नगर्दा स्टाफको तलब र अस्पतालको भाँडा पुग्दैन ।

जनकपुरका १/२ निजि अस्पताल बाहेक अरु कुनै निजि अस्पतालहरु  जनशक्ति र भौतिक पूर्वाधारको हिस्साबले जनकपुर अंचल अस्पताल भन्दा राम्रो हुने सक्दैन र तर पनि त्यहाँ काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अंचल अस्पतालमा सुबिधा छैन भन्दै निजीमा रेफर गर्ने गर्र्छन् र जनकपुर अंचल अस्पताल भन्दा धेरै चिकित्सक जनकपुरको कुन निजि अस्पतालमा छन् ? जनकपुर अंचल अस्पताल भन्दा कुन निजि अस्पतालमा धेरै नर्स ,पारामेडीक्स छन् ? कुनैमा छैन र यो अस्पतालको हाल बेहाल छ ।

बरु निजि अस्पतालहरुमा नै पूर्वाधार र जनशक्तिको अभाब रहेको छ । कोठाको साईज नाप्नुस पुग्दैन र कहिँ ट्वाइलेट हुदैन त कहिँ खानेपानी हुदैन र एक दुई जना एमबीबीएसले २४ घन्टा चल्ने निजि अस्पताल कसरी अञ्चल अस्पताल भन्दा राम्रो हुन्छ ?

बीएमएलटीको ठाउँमा ल्याब असिस्टेन्ट, रेडियोलोजीको ठाउँमा टेक्निसियन, बिएससी नरसिंगको ठाउमा अनमिले काम चलाउने निजि अस्पताल कसरि जनकपुर अंचल अस्पताल भन्दा राम्रो र गुणस्तरीय हुन्छ ?

त्यसैले जब सम्म सबैमा इमान्दारिता र इक्छाशक्ति हुदैन , हाम्रो जनकपुर अस्पतालको हाल बेहाल नै हुन्छ ।

चाहे जति अस्पतालको भवन बनाउनुस्, चिकित्सक, नर्स स्वास्थाकर्मी भर्ना गर्नुस् र आईसीयु, सीटि स्क्यान राख्नुस, इमान्दारिता बिना केहि सुधार हुदैन र त्यसैले मैले पनि गरेको भूलको माफी माग्दछु ।

 

(गिरी ओखलढुंगा आयुर्वेद अस्पतालका आयुर्वेद सहायक र योग प्रशिक्षक हुन्)

Last modified on 2018-09-16 07:08:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts