अफगानिस्तानमा पोलियो देखा पर्यो



Download our app to get more features

कान्दाहार, २  असोज । अफगानिस्तानमा एक चौध महिने बालकमा पोलियो रोग देखा परेको छ । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको प्रान्तीय राजधानी कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने इलाकामा एक बालकमा पोलियोको भाइरस रहेको देखिएको हो । 

अफगानिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म ११ जनामा पोलियो रोगको भाइरस देखापरेको सार्वजनिक स्वास्थ्य अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । प्रान्तीय राजधानी कान्हादार सहरकबाट उत्तरमा पर्ने एक क्षेत्र लोया वियालीमा एघार महिनै एक बालकमा सो रोग देखापरेको प्रान्तीय स्वास्थ्य निर्देशक अब्दुल कयुम पाख्लाले जानकारी दिनुभएको छ । कान्दाहार शहरबाट कैयौँ किलोमिटर उत्तरमा पर्ने लोया वियालीमा खुल्ला शौचालयको प्रयोग हुने र सफा पानीको पनि अभाव भएको कारण सो रोग देखापरेको सरकारी अधिकारी जानकारी दिएका छन् । 

गत अगस्तको सुरुमा नै विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० र युनिसेफको अफगानिस्तानभरी सुरु गरेको पोलिया विरुद्धको खोपकोे अभियानमा अफगान सार्वजनिक स्वास्थ्य मन्त्रालयले पनि सहयोग गरेको थियो । 
पाँच दिनसम्म चलेको यस अभियानमा पाँच वर्षभन्दा मुनिका नौ लाख ९० बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइएको थियो । रासस

Last modified on 2018-09-18 16:29:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts