तपाईंलाई थाहा छ औषधि खाने सुरक्षीत तरिका ?



Download our app to get more features

तपाईं औषधि खाँदा पानीसँग खानु हुन्छ वा जूससँग ? यदि तपाईं सोच्नुहुन्छ औषधि पानी भन्दा बढी जूससँग खानु बढी फाइदाजनक हो भने तपाई गलत सोच्दै हुनुहुन्छ ।

प्रायःजसो सबैको बानी हुन्छ पानी वा जूससँग औषधि खाने । तर, जूससँग औषधि खानु कतिको खतरनाक हुन्छ त्यो भने सायदै कसैलाई थाहा होला ।

जूससँग औषधि खानाले औषधिको प्रभाव कम हुन जान्छ । इन्डियन मेडिकल एसोसिएसनका महासचिव र एचसीएफआईका अध्यक्ष डा.के.के. अग्रवालका अनुसार अंगूरको रसमा शरीरमा औषधिको प्रभावलाई कम गर्ने क्षमता राख्छ । त्यस्तै सुन्तला र स्याउको जूसले पनि औषधिको असर काम गर्छ । जसले गर्दा औषधिको असर हाम्रो शरीरमा कम हुन जान्छ ।

क्यानडा स्थित यूनिभर्सिटी अफ वेस्टर्न ओन्टारियोका डा.डेविड बैलेले गरेको एक अध्ययन अनुसार डा. अग्रवालले अंगूरको रस रक्तसञ्चारमा जाने औषधिको मात्रालाई कम गरिदिन्छ । यसैगरी, अमेरिकन एकेडमी अफ फैमिली फिजिशियनका डाक्टरहरुले कोलेस्ट्रोल, हाई ब्लड प्रेशर र मुटुको धड़कनको औषधि खानेहरुलाई अंगूरको जूस नखान चेतावनी दिएका छन् ।

अध्ययनका अनुसार, अंगूर, सुन्तला र स्याउको जूसले क्यान्सरको औषधि एटोपोफोस, बीटा ब्लकर र एन्टी ट्रान्सप्लान्ट रिजेक्शन ड्रग सिस्लोस्पोरीन, सिप्रोफ्लोक्सासिन, लिवोफ्लोक्सासिन र इट्राकोनाजोल जस्ता एन्टीबायोटिक्सको पनि असर कम गरिदिन्छ ।

अध्ययनका बेला जब एलर्जीको औषधि फेक्सोफेनाडाईन पिउने पानी र अंगूरको जूस सँग खाइयो, त्यसबेला अंगूरको जूस सँग खाएको औषधिको असर आधा मात्र भयो । फलफूलहरुको जूसमा पाइने तत्वले औषधिको गुण कम गर्ने क्षमता राख्छ । सामान्यतया पानीसँग खाने औषधि नै सुरक्षीत हुन्छ ।

थोरै पानी भन्दा एक गिलास पानीको साथ औषधि खानु राम्रो हुन्छ । किनकी यसले औषधिलाई घुलाउनमा मद्दत गर्छ । चिसो पानीको साटो मन तातो पानीमा औषधि खानु बढी फाइदाजनक हुन्छ ।

 

एजेन्सीको सहयोगमा)

Last modified on 2018-09-19 12:39:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts