सुजीको प्रयोगले तपाईं रहनु हुन्छ सँधै स्वस्थ, जानौँ यसका फाइदाबारे...



Download our app to get more features

सुजी तपाईं हामीले सबैले आफ्नो दैनिक जीवनमा प्रयोग गर्दै आएका छौं । सुजी एक यस्तो खाद्य पदार्थ हो जसको प्रयोग हामीले आफ्नो नियमित खानपानमा समावेश गराउन सक्छौँ । सुजीको प्रयोग हामीले खाजामा हलुवा, सुजीको तरकारी, उपमा जस्ता परिकारको रुपमा गर्न सक्छौँ । गहुँले बनेको सुजीमा अनेक पौष्टिक गुण हुन्छन्, जसले हाम्रो स्वास्थ्यलाई फाइदा पुग्छ ।

जानौँ सुजीको फाइदाबारे...

उर्जाको स्रोतः बिहानको समयमा सुजीको हलुवा खाजा खानाले तपाईँमा दिनभर उर्जा रहन्छ । त्यसमा पनि यदि तरकारी सँग सुजीको हलुवा प्रयोग गर्ने हो भने त्यसले झर्न बढी फाइदा हुन्छ ।

मुटु रोगमा लाभकारीः सुजीको सेवनले मुटुको लागि राम्रो हुन्छ । मुटु सम्बन्धी रोगबाट जोगाउन सुजीले मद्दत गर्छ । साथै यसले हृदयघात हुनबाट जोगाउँछ र रक्त सञ्चार पनि सहि राख्छ ।

पाचनतन्त्र सहि राख्छः सुजीमा पाइने फाइबरले पाचनतन्त्रलाई स्वस्थ राख्छ । यसमा क्याल्सेयिम, सेलेनियम, म्याग्नेशियम, फस्फोरस, पोटासियम जस्ता मिनरल्स पर्याप्त मात्रामा पाइन्छ, जसले पाचनतन्त्रलाई सँधै स्वस्थ राख्नमा मद्दत गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछः यसमा पाइने सेलेनियमले शरीरको प्रतिरोधात्मक क्षमतालाई बढाउने काम गर्छ । त्यतिमात्र नभई यसले अनेक प्रकारको इन्फेक्शनबाट पनि बचाउँने काम गर्छ, साथै प्रतिरोधक तन्त्रलाई पनि विभिन्न रोगबाट लड्नका लागि तयार पार्छ ।

रक्त अल्पत्तामा लाभकारीः सुजीमा पर्याप्त मात्रामा आइरन पाइन्छ । यसले शरीरमा रगतको कमीलाई पुरा गर्छ, साथै शरीरमा शक्ति प्रदान गर्ने काम पनि गर्छ ।

स्नायू प्रणालीलाई बलियो बनाउँः सुजीमा पाइने फस्फोरस, जिन्क, म्याग्नेशियमले शरीरको स्नायू प्रणालीलाई बलियो बनाउनमा सहयोगी हुन्छ । साथै सुजीमा पाइने प्रोटिनले छाला र मांसपेशीलाई पनि बलियो बनाउने काम गर्छ ।

डाइटको लागि राम्रोः सुजीको सेवन थोरै पनि गर्नाले पेट भरिने हुदा भोक लाग्दैन जसले गर्दा तपाईँको तौल बढ्ने आशंका पनि नियन्त्रणमा रहन्छ ।


(भारत खाद्य संस्थान ) 

Last modified on 2018-09-20 10:30:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts