लैङ्गिक अल्पसंख्यकलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश



Download our app to get more features

इस्लामावाद, ५ असोज । पाकिस्तानको एउटा अदालतले लैङ्िगक अल्पसंख्यकहरूलाई अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको छ । पूर्वी क्षेत्रमा रहेको पञ्जाब प्रान्तको अदालतले प्रदेशभरका सबै सरकारी अस्पतालमा लैङ्िगक अल्पसंख्यकलाई छुट्टै कक्षको व्यवस्था गर्न आदेश दिएको हो । 

स्थानीय सञ्चार माध्यमहरूले जनाएअनुसार लाहोर उच्च अदालतले प्रान्तीय सरकारलाई त्यसको सुनिश्चतता गर्न निर्देशनात्मक आदेश दिएको छ । अदालतको आदेशमा लैङ्गिक अल्पसङ्ख्यकलाई सम्भव भएसम्मको सवैभन्दा राम्रो स्वास्थ्य सेवा दिन पनि भनिएको छ । 

यसअघि स्वास्थ्य विभागले लैङ्गिक अल्पसंख्यकलाई छुट्टै सेवाको व्यवस्थाका लागि विभिन्न तयारीहरू गरिरहेको जनाएको थियो । पुनरावेदन अदालतले पनि यसअघि लैङ्गिक अल्पसङ्ख्यकलाई सार्वजनिक अस्पतालमा छुट्टै कक्षको व्यवस्था गर्न निर्देशन दिएको थियो । रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts