हृदय रोगबाट बच्न कालो नुनको प्रयोग गरौं : अध्ययन



Download our app to get more features

ऐजन्सी । नेपालीसँग मिल्दोजुल्दो जीवनशैली बाँच्ने भारतीयहरुले विश्व स्वास्थ्य संगठनले तोकेको सीमाभन्दा बढि नुन सेवन गर्ने गरेको पाइएको छ । 

पब्लिक हेल्थ फाउण्डेशन अफ इन्डियाले गरेको अध्ययनले युवा भारतीयहरुले डब्लुएचओद्वारा निर्धारण गरेको मात्राभन्दा अधिक नुन खाने बानी रहेको तथ्य पत्ता लगाएको हो । अध्ययनमा दिल्ली र हरियाणामा नुन सेवन ९.५ ग्राम प्रति दिन र आन्ध्र प्रदेशमा प्रतिदिन १०.४ ग्राम प्रयोग भएको पाइएको थियो । जबकी, डब्लुएचओको सुझावमा एक दिनमा बढीमा ५ ग्राममात्र नुनको प्रयोग गर्न भनिएको छ । 
जुन खानेकुरामा नुनको मात्रा अधिक हुन्छ यसले रक्तचापमा हानि पुर्याउँछ र धेरै पटक यो हृदयरोगको कारण पनि बन्ने गरेको चिकित्सकहरुको मान्यता छ । खानामा नुनको मात्रा कम गर्नाले हृदय रोगको जोखिम २५ प्रतिशतसम्म कम हुने सम्भावना हुन्छ र हृदयमा हुने जटिलताबाट हुने मृत्यृको जोखिममा २० प्रतिशत सम्म कमि आउने अध्ययनमा दावी गरिएको छ ।

भारतीय खानामा सोडियमको मात्रा हुने र नुनको मात्रा अधिक नै उपभोग गर्ने भएकाले गैरपरम्परागत रोगहरुका संक्रमण बाट बच्न सहयोग गर्छ । अत्याधिक नुनको प्रयोग गर्नाले मिर्गौलामा असर हुन्छ । धेरै नुनको प्रयोगले रक्तचाप उच्च हुन्छ । उच्च रक्तचापका कारण धमनीहरु कडा हुन्छन्, जसले गर्दा रगत र अक्सिजनको प्रवाह कम गर्दछ । यसले अनुहारमा अक्सिजनको प्रवाहलाई घटाएर छालालाई सुख्खा गरीे चाउरीपर्ने समस्या पनि देखिन्छ । 

हृदयमा हुने रोगबाट बच्न र रक्तचापलाई नियन्त्रण गर्न जहाँपनि सम्भव भएसम्म सेतो नुनको सट्टा कालो नुनको प्रयोग गर्न अध्ययनले भनेको छ । आयुर्वेदका अनुसार तपाईंको खानामा कालो नुनु जोड्दा शरीरमा हुनसक्ने थुप्रै रोगहरु कमि हुन्छ । यसले कोलिस्ट्रोल, उच्च रक्तचाप, डिप्रेसन र पेटको रोगलाई कम गर्न सहयोग गर्नुका साथै यसमा अन्य ८० प्रकारका खनिजहरु पाइन्छ ।
सलादमा नुनको प्रयोग नगर्नु राम्रो हुन्छ । पाकेको खाना माथिबाट नुनको प्रयोग नगरांै डाइनिङ टेबलमा नुन नराखांै । दालहरु पकाएका तरकारी बाहेक कुनैपनि अरु खानामा नुनको प्रयोग नगर्नु राम्रो हुन्छ ।
आफ्नो खानामा नुनको स्रोतको हिसाबले नुन किनौं नुन किन्दै गर्दा लेबल पढेर मात्र किन्नुहोस् । यसो गर्दा राम्रो हुन्छ । तपाईंले मात्र प्रशोधन र बन्द गरिएको भाडामा राखिएका खाना कम  खानुस् किनकी त्यसमा नुनको मात्रा अधिक हुन्छ ।
भारतमा परम्परागत खानाको उपयोग धेरै हुने गर्छ जस्तो, अचार, पापड, चटनी इत्यादि । अध्ययनले सबैलाई कम्तिमा तीनमहिना नून कम प्रयोग गरेर त्यसको फाइदा अनुभूत गर्न पनि आग्रह गरेको छ । 
 

Last modified on 2018-09-24 14:10:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts