तनाव कम गर्न उपयोगी जडिबुटीः अश्वगन्धा



Download our app to get more features

 

नेपाली नामः अश्वगन्धा
संस्कृत नामः अश्वगन्धा, बराहकर्णी, बाजियोगंधा
अँग्रजी नामः Ashwagandha
ल्याटिन नामः Withania Somnifera

सामान्य परिचयः यसको २ देखि ५ फिट अग्लो हाँगा बिगा युक्त बोट हुन्छ । यो बोट तरार्इं र निम्न पहाडी भागमा पाइने भएतापनि अहिले भारतबाट आयात गरिन्छ । पात सेतो झुसयुक्त र २ देख ४ इन्च लामा हुन्छन र लगभग अण्डाकार हुन्छन् । फूल शरद ऋतुमा फुल्छन र फीका पहेंलो हरियो झुप्पामा फुल्छन । फल गोला र पाकेपछि राता हुन्छन् । जसमा ससाना पहेंला र चेप्टा बीज हुन्छन् ।

मूल (जरा) देखि १ देखि डेड फीट लामो, औंला जत्रो मोटो, बलियो, बाहिर फुस्रो र भित्र सेतो हुन्छ  । काँचो ताजा जराबाट घोडाको जस्तो गन्ध आउँछ । त्यसैले यसलाई अश्वगन्धा भनिएको हो ।

औषधिमा उपयोगी भागः मूल (जरा)

रसः कटु (पिरो), तिक्त (तितो), मधुर (गुलियो)

गुणः लघु (हल्का), स्निग्ध (चिल्लो)

बिपाक (खाएपछि परिणत हुने रस): मधुर (गुलियो)

वीर्यः उष्ण (तातो)

दोष अनुसारको कर्मः कफ र बात समन गर्ने ।

मुख्य उपयोगः वाजीकर (नपुंसकतामा वीर्यबर्धक र उत्तेजक), दौबल्य (दुर्वलता), बातब्याधी (वायु सम्बन्धी रोग) अनिद्रा (निद्रा नपर्नु), शोष (सुक्नु, खासगरी बालशोष) मा उपयोगी हुन्छ ।

औषधिको स्वरुप र मात्राः चूर्ण ३ देख ६ ग्राम र तेल बाहिर लगाउन चाहिए जति

उपयोग गर्ने तरीकाः चूर्ण घिउ अथवा महमा फिटेर दूधसँग विहान सबेरै र बेलुका सुत्ने बेलामा खाने ।

चक्तचाप बढी हुनेले पनि अश्वगन्धा खान हुन्छ ।

बातब्याधि (वायु सम्बन्धि रोग) शोष (सुक्ने रोग), स्तन शैथिल्य (आइमाइको दुध धेरै गिलो भएमा) लिंग शैथिल्य अश्वगन्धाको शास्त्रीय विधि अनुसार तेल बनाई त्यो तेल मालिस गर्दा फाइदा गर्छ ।

तयारी औषधि अश्वगन्धा चूर्ण १, २ चम्चा धूलो अश्वगन्धारिष्ठ २ चम्चा बराबर पानीमा मिलाई, अश्वगन्धा तेल उपयोग गर्नु राम्रो हुन्छ ।

Last modified on 2018-09-26 10:37:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts