दक्षिण सुडानी चिकित्सक इभानलाई राष्ट्रसंघीय शरणार्थी पुरस्कार



Download our app to get more features

जेनेभा, १० असोज । दक्षिण सुडानको एक ठूलो निजी अस्पताल सञ्चालन गर्दै आएका एकजना चिकित्सकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायद्धारा दिइने नान्सेन पुस्कार प्रदान गरिएको छ । 
दक्षिण सुडानमा रहेको शहर बुन्जमा रहेको मबान अस्पतालमा छिमेकमा पर्ने सुडानको ब्लु निले राज्यबाट आएका १ लाख ४४ हजार शरणार्थीलाई उपचार गरिएको थियो । 

चिकित्सक इभान आतार आदाहले सञ्चालन गरेको अस्पतालको नाम मबान अस्पताल हो । चिकित्सक अदाहले युएनएचसिआरद्धारा प्रदान गरिने सोे पुस्कार प्राप्त गरेका समाचारमा जनाइएको छ । 

उक्त अस्पताल सञ्चालक ती चिकित्सकका कारण यहाँका ठूलो सङ्ख्याका शरणार्थीको ज्यान बचेको बताइएको छ । उनले निकै कठिन परिस्थितिमा पनि सो अस्पतालमा उपचार सेवा दिएका बताइएको छ । 

सो अस्पतालको एक्सरे मेशिनसमेत फुटेको, अरु सामानहरु पनि यथेस्ट मात्रामा नरहेको अवस्थामा आतार र उहाँको समूहले एउटा कोठामा एक मात्र चिमको सहायतामै हरेक हप्ता ६० वटा सल्यक्रिया गर्ने गरेका थिए । 
युएनएचसिआरका प्रमुख फिलिपो ग्रान्दीले आतारको यो मानवीय सेवाका कारण उक्त पुरस्कार दिइएको जानकारी गराए । 

उनले भने– कठिन परिस्थिति र सीमित साधन र स्रोतका कारण पनि अतारले देखाएको मानवीय सेवा प्रसंशनीय छ । त्यसैले यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो । 

उक्त पुरस्कारको छनौट शरणार्थीहरुका महिला, बालबालिका र अप्ठेरोमा परेका नागरिकलाई गरेको सहयोगको आधारमा गर्ने गरिन्छ । नर्वेको एक समूहले सो पुरस्कार छनौट गर्ने गर्छ । 

गत वर्ष यो पुरस्कार नाइजेरियाका जनाहा मुस्ताफालाई दिइएको थियो । उहाँले नाइजेरियको सशस्त्र समूह बोको हरामले अपहरण गरेका बालिकालाई अपहरणमुक्त गराएबापत दिइएको थियो । 
आगामी हप्ता नर्वेमा आयोजना गर्ने एक विशेष कार्यक्रममा सो पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको युएनएचसिआरले जानकारी दिएको छ ।

 

रासस


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts