मुटु दिवसको अवसरमा नर्भिकले गर्यो प्रभातफेरी



Download our app to get more features

काठमाण्डौ, १२ असोज । विश्व मुटु महासंघको आह्वानमा सन् २००० को सेप्टेम्बर अन्त्यदेखि मनाउन थालिएको विश्व मुटु दिवस यसवर्ष पनि मनाइँदैछ । 

विश्व मुटु महासंघका विश्वभरका १५० भन्दा बढी सदस्य राष्ट्रहरूमा मनाइने दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइने गरिन्छ । दिवसका अवसरमा राजधानीको नर्भिक अस्पतालले शुक्रवार प्रभातफेरीको आयोजना गरेको छ । सोक्रममा अस्पतालमा उपचाररत बिरामी, चिकित्सक, कर्मचारी र सर्वसाधारण संलग्न भएको अस्पतालले जनाएको छ । प्रभातफेरीमा करिब २ सयजना सहभागी भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहान सातबजे सुरु भएको प्रभातफेरी बबरमहल, अनामनगर, थापागाउँ, मध्य बानेश्वर/ महादेवस्थान, अनामनगरबाट बबरमहल हुँदै नर्भिक पुगेर टुङ्गिएको थियो ।

अस्पतालले दिवसको अवसर पारेर शनिवार विश्व मुटु दिवस २०१८ को औपचारिक कार्यक्रम आयोजना गर्नेपनि जनाएको छ । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts