बेसार खानाले कम हुन्छ अल्जाइमर्सको खतरा !



Download our app to get more features

बेसार एक यस्तो तत्व हो जुन स्वास्थ्यका लागि धेरै नै फाइदाजनक मानिन्छ ।  यो दैनिक जीवनमा मसालाको रुपमा मात्रै प्रयोग हुने तत्व होइन यसमा अन्य कैयौं प्रकारका औषधीय गुण पनि पर्याप्त मात्रामा पाइन्छ । बेसारको प्रयोग खानु बाहेक विभिन्न रोगहरुमा राहत दिलाउनका लागि पनि प्रयोग गर्ने गरिन्छ । नियमित बेसारको सेवन गर्नाले हाम्रो शरीरको स्वास्थ्यको लागि फाइदा पुग्छ । नियमित बेसारको सेवन गर्नाले स्मरणशक्ति पनि राम्रो हुन्छ र मानिसलाई ताजा बनाइराख्छ । 

अल्जाइमरसँग लड्नमा मद्दत गर्छ
बेसारमा पाइने ‘करक्यूमिन’ मा अक्सीकरण–रोधी गुण हुन्छ । जसको आहारमा करक्यूमिन समावेश गरिएको हुन्छ, विशेषगरी वृद्धवृद्धाहरुमा अल्जाइमर्सको खतरालाई कम गराउँछ । नियमित रुपमा बेसार प्रयोग गर्नेहरुको स्मरणशक्ति पनि तुलनात्मक रूपले राम्रो हुन्छ । लस ऐन्जलसको यूनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अध्ययन अनुसार करक्यूमिनले आफ्नो असर देखाउँछ, यसमा दिमागी उत्तेजनालाई कम गर्ने गुण छ । जसलाई अल्जाइमर रोग र तनावसँग जोडिएको छ ।

रगत सफा गर्छ 
शरीरमा भएको विषाक्त तत्वलाई निकाल्न र रगत सफा गर्न र रक्तशुद्धिका लागि बेसारको जुस निकै नै लाभकारी मानिएको छ । यो बनाउनका लागि काँचो बेसारको टुक्रा वा धूलो, कागतीको रस र नुन चाहिन्छ । आधा कागती निचोडेर त्यसमा बेसार नुन मिसाउने र  राम्रो सँग मिसाउने । त्यसपछि आवश्यकता अनुसार पानी मिसाउने र सेवन गर्ने गर्नुपर्छ ।

मस्तिष्क सम्बन्धि रोग हुन्छ टाढा 
बेसारले मस्तिष्कमा एक यस्तो प्रोटीनलाई बन्नबाट रोक्छ जसले स्मरणशक्तिलाई नोक्सान पुर्याउँछ । 

राम्रो बनाउँछ रक्त सञ्चार
भारतको केजीएमयूका फिजियोलोजी विभागका डक्टर नरसिंह वर्माका अनुसार बेसारले रगत शुद्ध गर्ने तत्व मानिन्छ । यसले शरीरमा रक्त सञ्चारलाई बलियो बनाउँछ । बेसारमा पाइने करक्यूमिनले अल्जाइमरको खतरा कम गर्छ । नियमित बेसार खानाले स्मरणशक्ति पनि राम्रो हुन्छ । 

मधुमेह कम गर्न
वेसारको सेवन गर्नाले मधुमेहको खतरा कम हुन्छ । बेसारले शरीरमा भएको बोसो कम गर्न मद्दत गर्छ ।

जोर्नीको दुखाईमा राहत
बेसारको सेवनले यदि तपाईंको जोर्नीमा दुखाई छ भने त्यसमा राहत दिलाउँछ । यसको सेवनले जोर्नीमा भएको दुखाई र सुन्निने समस्यामा पनि राहत दिलाउने अध्ययनमा दावी गरिएको छ ।

 

एजेन्सीको सहयोगमा

Last modified on 2018-10-01 15:22:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts