औषधि निर्माणमा प्रयोग हुने प्रोटिन पत्ता लगाउने वैज्ञानिकलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार



Download our app to get more features

स्टकहोम, १८ असोज । जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गर्ने तीन वैज्ञानिकलाइृ रसाय शास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा भएको छ ।  

सन् २०१८ रसायन शास्त्रतर्फको नोबेल पुरस्कार उनीहरुलाई संयुक्तरूपमा प्रदान गर्न लागेको हो । विश्व चर्चित र प्रतिष्ठित यो पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूमा दुई जना अमेरिकी र एक जना बेलायती नागरिक छन् । 
‘द रोयल स्वीडिस् एकेडेमी अफ साइन्सले बुधबार ती तीन व्यक्तिलाई सो पुरस्कार प्रदान गर्ने घोषणा भएको जानकारी दिएको छ । सो पुरस्कार प्राप्त गर्नेमा अमेरिकी वैज्ञानिक फ्रान्सिस् अर्नोल्ड र जर्ज स्मिथ हुनुहुन्छ । त्यसैगरी बेलायती अनुसन्धानकर्ता ग्रेगरी विन्टर छन् । 

जैविक इन्धनदेखि औषधिसम्मका हरेक वस्तुको निर्माणमा प्रयोग हुने प्रोटिनको विकास गर्ने उत्पत्तिको सिद्धान्त प्रतिपादन गरेकोमा उनीहरूलाई यो पुरस्कार दिइने भएको हो । उनीहरूले ‘डिरेक्टिड इभ्युलुशन’ नाम दिइएको प्रविधि प्रयोग गरेर नयाँ प्रोटिन बनाएका थिए । यस विधिबाट उत्पादित एन्टिबडी सन् २००२ मै औषधीय प्रयोगका लागि स्वीकृत भएको थियो । बाथ, सराइअसिस भनिने चर्मरोग र पेटमा हुने विभिन्न रोगको उपचारमा त्यसको प्रयोग हुने गरेको छ । 

पुरस्कार पाउनेमध्ये अर्नोल्डले ९० लाख स्वीडिश क्रोनर अर्थात् झन्डै १० लाख अमेरिकी डलर पुरस्कार राशिको आधा भाग पाउनेछन भने स्मिथ र विन्टरले बाँकी रकमको आधा आधा पाउनेछन् । यसअघि गत सोमवार चिकित्साशास्त्र विधातर्फको नोबल पुरस्कारको घोषणा भएको थियो । रासस

Last modified on 2018-10-05 14:32:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts