यस्तो छ सोनम कपुरको ‘फिटनेस एण्ड ब्यूटी’को राज 



Download our app to get more features

एजेन्सी । भारतीय अभिनेता अनिल कपुरकी छोरी सोनम कपुरको नाम बलिउडमा अग्रपंतिmमा आउन थालेको धेरै भइसकेको छ । अभिनयमा सोनम जति चर्चित छिन, सुन्दर अनुहार तथा फिटनेशका कारण पनि उनी दर्शकमाझ थप लोकप्रिय छिन् । फिटनेस, सुन्दरता तथा ड्रेसिङ्ग सेन्सकै कारण उनी भारतीय अभिनेत्रीहरूमाझ स्टाइल आइकनका रूपमा परिचित छिन् ।

आमा सुनिता कपुरकै कारण आफ्नो शरीर फिट रहेको उनी बताउछिन् । आफ्नो फिटनेसको सम्पूर्ण श्रेय आफ्नी आमालाई दिन रुचाउने सोनमले कसरी आफूलाई यति फिट राख्न सक्षम भइन् त ?

डाइट प्लान

आमा सुनिताकै सुझावमा सोनमले स्ट्रिक डाइट प्लान अपनाउने गरेकी छन् । त्यस क्रममा उनले चकलेट, आइसक्रिम, चिल्लो खानेकुरा लगायत मिठाई बन्देज गरेकी थिइन् । उनी दिनमा कमभन्दा कम कार्बोहाइड्रेट सेवन गर्छिन् भने हाई प्रोटिनयुक्त खानेकुरा दिनमा पाँच पटकसम्म खान्छिन् ।
सोनम बिहानको शुरुवात मह र कागती पानीबाट गर्छिन् । ब्रेकफास्टमा ओटमिलका साथमा मौसमी फलफूल खान्छिन् भने दिउँसोको नास्तामा  प्रोटिन सेक र  ब्राउन ब्रेडका साथमा अण्डाको सेतो भाग खान्छिन् ।

दिउँसोको खानामा सोनम रोटीसँग दाल, तरकारी, सलाद र ग्रिल्ड चिकेन वा माछा  सेवन गर्छिन् । त्यस्तै उनी साँझको नास्तामा पुनः ब्राउन ब्रेडमा अण्डाको सेतो भाग खान रुचाउँछिन् । डिनरमा भने उनी प्रायः सुप तथा सलादमा  ग्रिल्ड चिकेन वा माछा खान्छिन् । यसबाहेक पनि दिउसो धेरै भोक लागेमा सोनम ड्राई फ्रुट्स तथा फलफूल खान रुचाउँछिन् । साथै यात्रा गर्दा शरीरमा पानीको कमी नहोस् भन्नका लागि समय समयमा नरिवल पानी, काँक्रो वा मोही खाने गर्छिन् ।

सोनमको तौल कम भएको विषयमा चर्चा समेत भएको थियो कम तौल हुनको पछाडी उनको कडा डाइट प्लान नै कारण हो । आकर्षक फिगर बनाउनका लागि गरिने व्यायाम त छँदैछ । सोनम कार्डियो, वेट ट्रेनिङ्ग, योग तथा स्ट्रेचिङ्ग गर्छिन् । हप्ताका सातै दिन उनको एक्सरसाइज हात, खुट्टा, पेट, काँध, कम्मर लगायतका शरीरका विभिन्न अंगमा केन्द्रित हुने गर्दछ ।  सोनम सातामा दुई दिन डान्स एक्सरसाइज पनि गर्छिन् । र, प्रत्येक दिन करिब ३० मिनेट कार्डियो एक्सरसाइज गर्छिन् । नियमित एक्सरसाइज बाहेक पनि सोनम खाली समयमा स्वीमिङ्ग गर्न रुचाउँछिन् । 

सोनम भन्छिन्, सकारात्मक सोच, सन्तुलित भोजन तथा सँधै खुसी रहने बानी नै उनको सुन्दरताको सबैभन्दा ठूलो रहस्य हो । सुन्दर रहनकै लागि सोनम सुत्नुभन्दा केही समय अगाडि छालाको क्लिन्जिङ्ग, टोनिङ्ग तथा मोइस्चराइजिङ्ग गर्छिन् । उनी महिनामा दुई पटक नरिवलको तेलमा शिकाकाई मिसाएर कपालमा लगाउँछिन् जसले गर्दा उनको कपाल अझ बढी आकर्षक र मुलायम हुने गर्छ ।

Last modified on 2018-10-09 17:08:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts