विश्व मानसिक स्वास्थ्य दिवस

धेरै चिन्ता लिने मानिसमा कलेजो विग्रने समस्या



Download our app to get more features

धेरै चिन्ता लिने मानिसलाई कलोजोमा समस्या हुने एक अध्ययनले देखाएको छ । बेलायतको एडिनवर्ग विश्वविद्यालयको मस्तिष्क विज्ञान केन्द्रले गरेको एक अध्ययनमा धेरै तनाव र चिन्ताले गर्दा कलेजोका रोगी बढेको पत्ता लागेको छ । 

एडिनवर्ग विश्वविद्यालयको मस्तिष्क विज्ञान केन्द्रमा एक लाख ६५ हजार जनामा गरिएको अध्ययनमा मस्तिष्क र शरीरबीच महत्वपूर्ण सम्बन्ध भएको प्रमाण भेटिएको छ । अध्ययन अनुसार मानसिक तनावले शरीरमा खतरनाक प्रभाव पर्न सक्छ । 

अध्ययनमा संलग्नहरूमाथि मानसिक तनावको अध्ययन गरेपछि पछिल्लो एक दशकसम्म उनीहरूको स्वास्थ्यको अनुगमन जारी राखेका थिए । यो समयावधिमा मरेका सहभागीहरूको मृत्युको कारणसमेत जाँच गरिएको थियो । अध्ययनमा बढी मानसिक तनावको लक्षण देखिएकाहरुमा कलेजो रोगको कारण मृत्यु भएको देखिएको हो ।

मदिरा सेवन, मोटोपना, मधुमेह, सामाजिक आर्थिक स्थितिजस्ता कारणबारे समेत अध्ययनमा समेटि विश्लेषण गरीएको थियो । अध्ययन अनुसार हालसम्म मानसिक रोग र कलेजो रोगबीच जैविक सम्बन्धबारे पत्ता लगाउन भने सकिएको छैन ।

मोटोपना र उक्त रक्तचापजस्तो मुटुमा हुने समस्यापनि कलेजो सम्बन्धी रोगको सामान्य रूप हो । यसलाई ‘ननअल्कोहलिक फैटी लिभर डिजिज’को रूपमा लिइन्छ । अनुसन्धान अनुसार चिन्ता गर्ने उदासीको समस्या भएकाहरूलाई अप्रत्यक्ष रूपले कलेजोको रोगले मृत्यु हुने सम्भावना बढी हुन्छ । निरन्तर तनावमा रहनेहरूको स्मरणशक्ति पनि कमजोर हुन सक्छ । तनाव शारीरिक मात्र नभएर मानसिक स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ ।

युनिभर्सिटी अफ् मिसिगन र मेडिकल स्कुल एन्ड डिप्रेसन सेन्टरका अनुसन्धानकर्ताहरूले ६ सय १२ महिलामा गरेको अनुसन्धानले तनावको कारण सोच्ने शक्ति कम हुने धेरै व्यक्तिको मान्यता सही रहेको देखाएको छ । अध्ययनमा सहभागीमध्ये दुई तिहाइ महिलाले आफ्नो जीवनमा भयंकर तनावको सामना गरेका थिए ।

 

एजेन्सीको सहयोगमा 

Last modified on 2018-10-10 08:34:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts