कस्मेटिक्सको प्रयोगले महिलालाई बनाउँछ चाडै थकित 



Download our app to get more features

दिनभर घरभित्रकै काम गर्ने महिला हुन् या घरबाहिर, कार्यालय वा ज्यालामजदुरी गर्ने, केही वर्ष अघिको तुलनामा उनीहरू चाडै थकित हुने गरेको बताउँछन् । काम सकेर राती ओछ्यानमा पुग्दा उनीहरू पीडाले छट्पटिन्छन् । अर्को बिहान कसरी उठ्ने होला भनेर उनीहरू आत्तिने पनि गर्छन् । आखिर किन यस्तो हुन्छ ?

आयुर्वेदिक उपचार पद्धतिले यस विषयमा केही तथ्यहरू सार्वजनिक गरेको छ जसको कारणले पछिल्लो पुस्ताका महिला चाडै थकित हुने गर्छन् ।   

  • युवावस्थामा कम खाना खाएर दिनभर काम गर्ने ।
  • जंक फुड अत्यधिक सेवन गर्नु ।
  • पानी कम पिउने ।
  • सानोतिनो रोगलाई वेवास्ता गर्ने ।
  • कस्मेटिक्स सामाग्रीको प्रयोग बढी गर्ने ।
  • खानपानमा लापरवाही गर्ने ।

थकावट हटाउन यस्ता उपाय अपनाउनुहोस्:
एक किलो मेथीको दानालाई घ्यूमा भुटेर पिध्ने । त्यसमा २५० ग्राम बबुलको गम घ्यूमा भुटेर मिसाउने । बिहान र साँझ १–१ चम्चा अर्थात् ५/५ ग्राम पानीसँग खाने । यो औषधि सकिने बेलासम्ममा तपाईले शरीर सुन्दर र बलियो भएको महसुस गर्नु हुन्छ । त्यतिमात्र नभई शरीरको पीडासँगै गर्दनको दुखाईमा पनि राहत मिल्छ र  ताजा र स्फूर्त महशुस हुन्छ । 
 

(भारतीय आयुर्वेद संस्थान)

Last modified on 2018-10-13 08:28:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts