दिर्घ रोग भएकाले दशैंको खानपान यसरी गर्नुहोस्



Download our app to get more features

फोक्सो रोगका बिरामीले के खाने ?
• धूवाँमा पाकेको परिकार (पोलेको सेकेको खाना नखाने)
• धूवाबाट टाँढा बस्ने 
• तोरीको फूल फूल्ने बेला भएकोले फूलबाट एलर्जी हुने हुँदा त्यसबाट टाँढा बस्ने
• रातो मासुको साटो सेतो मासु र माछा खाने
• खानामा हरियो साग सब्जी र ताजा फलफूल खाने 
• रक्सी सेवन नगर्ने र धुम्रपानबाट जोगिने
• घर बाहिर र भित्रको प्रदूषणबाट जोगिने
डा.प्रकाशराज न्यौपाने, फोक्सो रोग विशेषज्ञ 

हाडजोर्नी रोगीले के खाने 
• रातो मासु नखाने
• मदिराले हाडजोर्नी कमजोर बनाउने हुँदा मदिरा सेवनबाट जोगिने
• धुम्रपान नगर्ने
• लामो समय सम्म पलेँटी कसेर नबसस्ने
• खानामा सँधै हरियो साग सब्जी समावेश गर्ने
• नियमित व्यायाम गर्ने
• खानामा धेरै प्रोटिन युक्त विशेषगरी युरिक एसिड भएकाले खानु हुँदैन 
डा.अनिमेश जोशी, हाडजोर्नी रोग विशेषज्ञ

मुटु रोगी
• धेरै नूनीलो चिल्लो नखाने
• मसालेदार खाना नखाने
• रातो मासुको साटो सेतो मासुको सेवन गर्ने
• खनामा सलादको प्रयोग गर्ने
• नियमित व्यायाम गर्ने
• मदिरा सेवन गर्दा रक्तचाप उच्च हुने खतरा हुँदा मदिरा सेवनबाट सकेसम्म टाँढै बस्ने
• धुम्रपान गर्दा पनि मुटुको गति तिव्र हुने र रक्तचाप बढि हुने हुँदा धुम्रपान नगर्ने
• खानामा सकेसम्म बोसोयुक्त पदार्थको प्रयोग नगर्ने, किनकी बोसोयुक्त पदार्थको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउने हुँदा त्यसले मुटुलाई असर गर्छ
• मुटुको अप्रेशन भएको अवस्थामा र नियमित औषधि सेवन गरिरहनेले खानपानमा सँधै ध्यान दिनुपर्छ 
डा.कमल लम्साल, मुटुरोग विशेषज्ञ

मिगौला रोगी
मिर्गौला रोगी जो नियमित औषधि सेवन गर्छन् उनले के खाने ?
• कम प्रोटिनयुक्त खाना खाने, धेरै दुध, गेडागुडी, पनिर, अन्डा नखाने
• चर्को नुन, धेरै चिल्लो, मसालेदार, बोसोयुक्त खाना नखाने
• अत्यधिक अमिलो हालेर बनाइएको अचार वा अन्य परिकार नखाने
• रक्सी सेवन र धुम्रपान पूर्ण रुपले नै बन्द गर्ने
• कुनैपनि परिकार बनाएर फ्रिजमा राखेर लामो समय सम्म नखाने 
• औषधि नियमित सेवन गरिरहेका व्यक्तिले खानपानमा ध्यान नदिँदा मिर्गौला फेल हुने सम्भावना बढि हुने र डायलसिस गर्नुपर्ने अवस्था आउन सक्ने हुँदा खानपानमा सँधै सचेत हुनुपर्छ । 

डायलसिस गराइराखेकोले के खाने ?
• कम प्रोटिनयुक्त खाना खाने
• धेरै तौल भएको वा कम तौल भएको बिरामीले चिकित्सकको सल्लाह अनुसार खाना खाने

मिर्गौला प्रत्यारोपण गराएकोले के खाने ?
• मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको छ भने खानपानमा कुनै रोकटोक हुँदैन । तर, खानापानमा सँधै ध्यान दिनुपर्छ ।
• स्वस्थ व्यक्तिले खाने खाना सरह मिर्गौला प्रत्यारोपण गराएकोले पनि खान सक्छन् । तर, खानापानमा कुनै रोकटोक नहुँदा जथाभावि खानु उचित होइन । त्यसले फेरि मिर्गौलामा जोखिम निम्त्याउन सक्ने सम्भावना हुन्छ ।
• अन्त्यमाः खानामा सलाद समावेश गराउँदा अत्यधिक मात्रामा पनि सेवन गर्नु उचित हुँदैन । अत्यधिक मात्रामा सलाद सेवन गर्दा त्यसले शरिरमा पोटासियमको मात्रा बढाएर मिर्गौलालाई असर गर्न सक्ने खतरा हुन्छ । तसर्थ • • सलाद खाँदा पनि सन्तुलित मात्रामा मात्रै सेवन गर्नुपर्छ ।
शक्ति बस्नेत, मिर्गौला रोग विशेषज्ञ

Last modified on 2018-10-20 14:16:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts