स्वस्थ जीवनका लागि शाकाहारी बनेका यी हुन् बलिउड सेलिब्रेटी



Download our app to get more features

एजेन्सी ÷ बलिउडका सेलिब्रेटीहरू सधै आफ्ना साथी, प्रशंसक, दर्शकमाँझ फिट र हेल्दी रहुन आग्रह गरिरहन्छन् । यसका लागि उनीहरु आफै पनि फिट र हेल्दी रहन हरसम्भव कोशिश गर्छन । आफ्ना फ्यानलाई स्वस्थ रहन प्रेरणा मिलोस् भनेर सेलिब्रेटीहरुले जिम गर्दै गरेको वा खानाका तालिका, जीवनशैलीका बारेमा तस्विरमार्फत सन्देश दिने गर्छन् । उनीहरुले शाकाहारी बन्न पनि फ्यानहरुलाई आग्रह गरिरहेका हुन्छन् । बलिउडमा शाकाहारी बन्ने क्रम पनि बढ्दो छ । शाकाहारी भोजन गर्ने बलिउडका यी हुन् स्टार सेलिब्रेटी । जानांै उनीहरुको खाना र जीवनशैली कस्तो छ । 

 

सोनम कपूर 
बलिउडकी लोकप्रिय नायिका सोनम कपूर जीवनशैली कसरी व्यतित गर्ने भन्ने विषयमा पूर्ण जानकार छिन् । त्यसैले उनीले आफ्नो भोजनलाई शाकाहारी बनाएकी छिन् । करिब ५ वर्षअघि देखि उनले शाकाहारी भोजन रोजेकी हुन् । उनी दुध र दुधबाट उत्पादन भएको खाने कुरा मात्र खाने गर्छिन ।

 

शाहिद कपुर
चलचित्र पद्यवतमा शाहिदले खेलेको भूमिका हेर्दा लाग्छ उनी शाहाकारी हुनै सक्दैनन् । तर उनी पनि शाहाकारी हुन् । उनी प्रायः पेटाको क्याम्पिएनमा आउने गर्छन । यति मात्रै होइन शाहिदलाई सन् २०११ मा एशियाकै सेक्सी पुरुषको उपमा मिलेको थियो । 

आलिया भट्ट
बलिउड स्टार आलिया भट्ट शाहाकारीको सुचिमा सबैभन्दा नयाँ नाम हो । उनी गत वर्षबाट मात्रै शाहाकारी बनेकी हुन् । उत्कृष्ठ अभिनय, स्वस्थ शरीरका लागि शाकाहारी भोजन सुरु गरेको उनले विभिन्न सञ्चारमाध्यममा बताउने गरेकी छिन् । 

जोन अब्राहम
बलिउड अभिनेता जोन अब्राहमको अभिनय र शरीरका कारण केटीहरु मात्रै नभइ केटाहरु लोभिन्छन् । उनको शरीरको प्रशंसा नगर्ने मानिस प्रायः कम नै पाइनछ  । उनी पनि शाकाहारी हुन् । उनले शारीर बनाउनका लागि शाकाहारी भोजनले निकै सहयोग गरेको बताउँदै आएका छन् । 


 

Last modified on 2018-10-25 17:12:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts