चामलको माडले यसरी चम्काउनुहोस् अनुहार र कपाल 



Download our app to get more features

चामलको माड पिउनाले स्वास्थ्यमा निकै फाइदा हुन्छ भन्ने धेरैलाई थाहा होला तर चामलको माड सौन्दर्य बढाउन पनि उत्तिकै लाभदायक छ । छालाको देखभालमा चामलको माड प्रयोगलाई निकै स्वस्थबर्धक मानिन्छ । 

अनुहारमा चामलको माड लगाउँदा छाला कसिलो बन्छ । जापानका महिलाले अनुहारको छाला कसिलो बनाउन यो विधि वर्षौदेखि अपनाउँदै आएका छन् । माडमा साल्ट, भिटामिन र एन्टी अक्सिडेन्टको मात्रा पर्याप्त हुन्छ जसले छालालाई जीवन्त बनाइराख्न मद्दत गर्छ । यही कारण माड अनुहार चम्काउने एक अनमोल घरेलु सामाग्री हो । अनुहारमा मात्रै होइन कपालका लागि पनि माड फाइदाजनक छ । पातलो र कमजोर कपालका लागि माड अमृत बराबर मानिन्छ । कपालमा माड लगाएर २० मिनेटसम्म छोडिदिने र त्यसपछि स्याम्पु वा कन्डिसनर लगाउने हो भने कपालको आयू लम्बिने मात्रै होइन निकै चम्किलो पनि देखिन्छ । 

घरेलु सनस्क्रिन अर्थात चामलको माड
चमलमा प्राकृतिक रुपमै प्रोटिन, भिटामिन र एन्टी अक्सिडेन्ट हुन्छ । जसको प्रयोगले रगमा निखारपन आउँछ । साथै अनुहारको दाग, धब्बा र सुख्खापन हटेर जान्छ । साथै अनुहारलाई कसिलो र सुन्दर बनाउने तत्व त छदैछ । चामलको माडमा प्राकृति नुनिलो तत्व पाइन्छ । जसले सूर्यबाट आउने विषाक्त किरणलाई सहजै रोक्ने काम गर्छ । गर्मी मौसममा माड पिउनुलाई पनि निकै स्वस्थकर मानिन्छ । 

अनुहारको छालालाई मर्न दिदँैन 
अनुहारको कोषलाई जीवित राख्न पनि माडले सहयोग गर्छ । अनुहारको कोषलाई बढाउनुको साथै स्वच्छ राख्न माडको प्रयोग उपयोगी मानिन्छ । माड पानीले मुख धोए मात्रै पनि फाइदा पुग्ने शौन्दर्यविज्ञहरुको भनाइ छ । 

बुढ्यौली रोक्छ
बढ्दो उमेरसँगै अनुहारमा चाउरीपना आउनु सामान्य हो । तर, चामलको माडले नियमित अनुहार र छालामा मसाज गर्ने हो भने बुढ्यौलीका निसानालाई पर धकेल्न मद्दत गर्छ । माडमा भएको एन्टी अक्सिडेन्टले यस्ता बुढ्यौलीको निसाना मेटाउने मात्रै होइन बुढ्यौली नै रोक्ने विश्वास गरिन्छ ।  

नोट : यसरी चामलको माड प्रयोग गर्दा धेरै तातो हुनुहुँदैन । पाक्न लागेको चामलबाट माड निकालेर चिसो भइन्जेल छोड्नु पर्छ । सफा पानीले अनुहार धोएपछि त्यसमाथि हल्कासँग माडले मसाज गर्नुपर्छ । साथै कपालमा पनि यसैगरी प्रयोग गर्न सकिन्छ । 
 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2018-11-03 07:16:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts