उत्कृष्ट स्वास्थ्य सेवा पुर्याएको भन्दै नर्भिक 'बिज अवार्ड'बाट सम्मानित



Download our app to get more features

काठमाडौं, २ मंसिर । उत्कृष्ट स्वास्थ्य सेवा पुर्याए वापत नर्भिकलाई वल्र्डकवबाट सम्मानित गरिएको छ ।

हस्पिटलले स्वास्थ्य व्यवसायमा उत्कृष्टता (विजिनेश एक्सलेन्स इन हेल्थ केयर), नामक एक विश्वस्तरीय पुरस्कार/सम्मान हात पारेको छ । 

संयुक्त राज्य अमेरिकास्थित टेक्सास शहरमा अवस्थित अमेरिकाको चेम्बर अफ कमर्सको World Confederation of Businesses (WORLDCOB) दि बिज सम्मान (THe BIZz) विशेष समारोह वीच नर्भिकलाई गत कार्तिक ३० गते सो सम्मान प्रदान गरेको हो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उक्त सम्मान नर्भिकककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई प्रदान गरेका थिए । सो अवसरमा नर्भिकलाई वल्र्डकबका विदेश मामिला निर्देशक निकोलस कफारोले समेत प्रदान गरे । उक्त सदस्यता नर्भिकका अध्यक्ष बसन्त चौधरीले ग्रहण गरेका थिए । 

Last modified on 2018-11-18 15:08:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts