तपाईंलाई थाहा छ ? खानाको रंगको परिकारले स्वास्थ्य लाभ हुन्छ !



Download our app to get more features

प्रकृतिले हाम्रो चारै तर्फ फलफूल र तरकारी वा अन्य वस्तुहरुको रुपमा हजारौं रंगहरु फैलाएको छ । ती वस्तुसँग सम्बन्धित रंगहरुको आफ्नै विशेष महत्व छ । त्यसैले होलीमा पनि रंगको आफ्नै महत्व छ । अमेरिकाको कृषि विभागको अनुसार रंगीन खानाले तपाईंको स्वास्थ्यमा विभिन्न लाभ पुर्याउँछ । अमेरिकी कृषि विभागले गरेको एक अध्ययन अनुसार खानामा कुन रंगले कस्तो लाभ पुर्याउँछ भन्ने बारे दिएको जानकारी यस प्रकार छ । 

अहिले खानपानको परिकारको रंगले तपाईंको स्वास्थ्यलाई कस्तो लाभ पुर्याउँछ भन्ने बारे जानकारी यस्तो छ :

कालो जामुनी रंग
एन्टी अक्सिडेन्ट र एन्टी एजिंग गुणले भरिएको यो रंग चुकन्दर, प्याज, जामुन, कालो अंगुर र ब्लु बेरीमा पाइन्छ । यसले मांसपेशि र कोषहरुको कार्यक्षमतालाई सुधार्नुको साथै शक्ति प्रदान गर्छ ।

सुन्तला
यो रंगले उर्जा र पोषण दिने काम गर्छ । मेवा, सुन्तला जस्ता फलले शरीरमा भिटामिन र मिनरल्सको पुर्ति गर्नुका साथै यसले छालालाई चम्किलो पनि बनाउँछ । साथै हड्डि पनि बलियो बनाउनमा मद्दत गर्छ ।

सेतो–हरियो
यो रंगको कम्बिनेशनले पोषण प्राप्त हुनुका साथै ताजगी पनि प्राप्त हुन्छ । काक्रो, लौका, घिरौला जस्ता तरकारी यसको उदाहरण हो । यसले शरीरमा भिटामिन, मिनरल्स, फाइबर र पानीको पुर्ति गर्छ ।

पहेँलो 
भिटामिन सी को राम्रो स्रोतको रुपमा पहेँलो फलफूललाई लिने गरिन्छ । कागती, फर्सी, केरा जस्ता फलफूलमा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ । यो रंग र गुण केही जडिबुटिमा पनि पाइन्छ । यसले विभिन्न रोगबाट टाँढा राख्नमा मद्दत गर्छ ।

सेतो र निलो
यो रंगले रोग प्रतिरोधात्मक क्षमतलाई बढाउँछ । च्याउ, काचो प्याज, लसुन, जामुन, भाण्टा जस्ता फलफूल र तरकारीमा यो रंग हुने हुँदा यसले विभिन्न रोगबाट लड्ने शक्ति प्राप्त हुन्छ र पाचनतन्त्र राम्रो रहन्छ ।

रातो 
मुटुको स्वास्थ्यको लागि रातो रंग खानु फाइदाजनक हुन्छ । स्याउ, गाजर, चेरी, स्ट्रोवेरी, टमाटर यसको राम्रो उदाहरण हो । जसको सेवनले मुटु स्वस्थ रहनुका साथै पोषक तत्व शरीरलाई प्रदान गर्छ ।

हल्का हरियो
यो रंग भएको फल र तरकारीले शरीरलाई तरोताजा राख्ने काम गर्छ । आइरन, भिटामिन र फोलिक एसिडले भरिपूर्ण यो रंग किवि, अमला, परोर, बयरमा पाइन्छ । 

हल्का खैरो
यो रंग आलु, अदुवा र मेवामा पाइन्छ । यो रंगयुक्त फलफूल र तरकारीको सेवनले मस्तिष्क र पाचनतन्त्रलाई स्वास्थ राख्नमा मद्दत गर्छ । यसमा अत्यधिक मात्रामा माइक्रोन्यूट्रिएन्ट्स पाइन्छ ।

गाढा हरियो
पालुगोंको साग, भिन्डी, वेगेको साग, तिते करेला, मटरकोसा आदिमा यो रंग पाइन्छ । यसमा भिटामिन के, फोलिक एसिड र आइरन पर्याप्त मात्रामा पाइन्छ । यसले शरीरलाई पोषण दिने काम गर्छ ।

Last modified on 2018-11-21 08:30:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts