टाउको दुखाइ र अकुपन्चर चिकित्सा



Download our app to get more features

तपाईं हामी सबैले सामान्यतया भोगिरहेको समस्या हो टाउको दुखाई । टाउको दुख्नु रोग नभएर अन्य विभिन्न कारणले पनि दुख्न सक्छ । सामान्यदेखि एकदमै जटिल किसिमका रोगहरुका कारण टाउको दुख्न सक्छ । विश्वका ६७ प्रतिशत मानिसलाई टाउको दुख्ने समस्या रहेको विभिन्न तथ्यांकले देखाएको छ ।

शरीरका विशेष विन्दु अकुपोइन्ट्समा मसिना सियोहरुले घोपेर उपचार गरिने अकुपन्चर परम्परागत विधि चिनियाँ उपचार पद्दतिको प्रमुख रुपमा सुरु भएर वैज्ञानिक रुपमा प्रमाणित र हाल लोकप्रिय र प्रभावकारी उपचार पद्दति बनिसकेको छ । जुनसुकै प्रकारको टाउको दुखाईमा पनि अकुपन्चर प्रभावकारी मानिन्छ ।

टाउको दुखाइका कारणहरु :

मष्तिस्कजन्य रोगका कारण 

माइग्रेन 
एक्कासी एकातिर टाउको दुखेर आउने यो रोग मष्तिस्कको रक्त प्रभावमा आउने गडबडीका कारण भएको मानिन्छ । ठ्याक्कै कारण पत्ता नलागे पनि यो रोगबाट १५ देखि ५० वर्ष उमेरका महिलाहरु बढी पीडित हुन्छन् तर सबै उमेर र लिङ्गमा माइग्रेन देखिन्छ ।

माइगे्रनमा एकापट्टी मात्र टाउको दुखाइ हुन्छ यस्तो टाउको दुखाइ केही दिन वा हप्ताको फरकमा आँउछ र केही घन्टा वा दिन रहेर आफैं ठिक हुन्छ । यो क्रम दोहोरि रहन्छ । टाउको दुखाइसँगै वाक वाक हुने वा वान्ता आउने आँखा तिरमिराउने, उज्यालो हेर्न नसकिने हुन्छ । निरियत रङ खाना वा आवाजलाई बढवा दिन्छ ।

रक्तचाप
रक्तचापमा आउने गडबडी उच्चरक्तचाप वा न्युनरक्तचापको कारण पनि टाउको दुख्न सक्छ । विशेषगरी रक्तचापमा गडबडी आउँदा बिहान टाउको दुख्ने र पछाडि  टाउको दुख्ने तान्ने यस्तो हुने हुन्छ । 

ब्रेनहेम्ब्रेज
कुनै कारण मष्तिस्कमा रक्तचाप हुँदा पनि टाउको दुख्न सक्छ । यस्तो रोगमा टाउको दुखाइसँगै अन्य जटिल समस्याहरु देखिन सक्छ । ब्रेनहेमब्रेजको कारण प्रमुख समस्या पक्षघात हो । 

मष्तिस्कको संक्रमण वा अर्वुद रोग
मष्तिस्कमा हुने सबै किसिमका टाउको दुखाई आउँँछ । त्यस्तै मतिस्कमा हुने अर्वुद रोग वा ट्युमरका कारण पनि टाउको दुख्न सक्छ । यी रोगहरु एकदमै जटिल हुने र यसमा आउने टाउको दुखाई धेरै कडा र बढदै जाने र औषधि खाँदासमेत कम नहुने खालको हुन्छ ।

टाउकोको वरिपरिका अंगमा हुने रोगका कारण

पिनास
नाकको वरिपरि हुने साईनस (एन्फ्लामेसन) लाई पिनास भनिन्छ । पिनासको कारण पनि प्रमुख रुपमा टाउको दुखाई हुन सक्छ । विशेष गरी निधार र नाक वरिपरी दुख्ने मात्रै समस्या, चिसो खाँदा, चिसोमा बस्दा बढी देखिन्छ । नाकको दुखाईसँगै नाक बन्द हुने, गन्ध थाहा नपाउने समस्या देखिन्छ । पिनासको कारण, प्रकृति र प्रभावित भाग अक्सर फरक तरिकाले लक्षण देखिन्छ ।

♦ आँखाको समस्या आँखाको विविध गडबडी, दृष्टि कमजोरी मेमोरीया आँखाको संक्रमण, जटिल पनि टाउको दुख्न सक्छ । 

♦ कानको समस्या  कान पाक्ने वा कानसँग सम्बन्धित समस्यामा पनि टाउको दुख्न सक्छ । 

♦ दाँतको समस्या   दाँत किराले खाँदा बङ्गाराका जोर्नीमा समस्यामा आउँदा पनि टाउको दुख्छ । 

♦ गर्दनको हड्डीको समस्याले पनि टाउको दुख्छ ।

♦ नसाको समस्या विशेष गरी ५ नं क्रेनिल नशाको समस्याको कारण टाउको दुख्न सक्छ । 

♦ मानसिक रोगका कारण

♦ मानसिक समस्याहरु डिप्रेसन, एङयुटी हिस्टेरीया आदिमा पनि टाउको दुख्न सक्छ । यस्तो समस्यामा अरु दिक्क लाग्ने, खिन्नता आउने, उत्तेजित हुने समस्या पनि आउन सक्छ । 

औषधि सेवनका कारण 

♦ केही औषधि जस्तै नाइट्राइट, परिवार नियोजनको चक्की, रक्सी सेवन, चुरोट सेवनका कारण पनि टाउको दुख्न सक्छ ।

विविध कारण

संभोग पश्चताप, रुघाखोकी, पेटको गडबडी, कम्जोरी सुगरको कमी आदिमा पनि टाउको दुख्न सक्छ ।

उपचार
कुनै पनि उपचार गर्नु अगाडी टाउको दुख्ने कारण पत्ता लगाउन चिकित्सकको परामर्श गर्न गडबडी हुन्छ । 

टाउको दुखाइको उपचार अकुपन्चर 
टाउको दुखाइको समस्यामा अकुपंचर प्रभावकारी मानिन्छ । सबै प्रकारको टाउको दुखाइमा अकुपन्चर लाभदायक हुन्छ । तर माइग्रेन, पिनास र मानसिक रोगका कारण हुने टाउको दुखाइमा अकुपन्चर अत्यान्तै प्रभावकारी छ । त्यसकै लागि १० दिनदेखि ३० सम्म अकुपन्चर गर्नु आवस्यक छ । 

Last modified on 2018-11-23 07:04:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts