लसुन र महको फाइदाबारे जानी राखौं



Download our app to get more features

लसुन र महको बारेमा जानकारी नहुने सायदै होलान् । हरेक दिन हाम्रो भान्सामा लसुन मसालाको रुपमा प्रयोग हुन्छ । लसुन मलामात्रै नभएर यो भान्साको औषधि पनि हो । यसले शरीरका अनेक विकारलाई शुद्धीकरण गरेर अनेक खाले इन्फेक्शन कम गर्न समेत सहयोग गरिरहेको हुन्छ । लसुनले मानिसको पाचनक्रिलाई समेत फाइदा पु¥याइरहेको हुन्छ । त्यसमा पनि अहिले जाडोको मौसम चलिरहेको हुनाले लसुन र महको सेवनले तपाईंलाई झनै लाभ हुन सक्छ ।

जानौं लसुन र महको फाइदाबारेः

बनाउने तरिका 
दुई, तीनवटा लसुनको पोटी पिसेर पनि पेस्ट बनाउने । त्यसमा ताजा (काँचो) मह मिसाउने । मिश्रणलाई केही बेर राख्ने, यसो गर्दा लसुनमा मह राम्ररी मिसिन्छ  । यसरी बनाइएको पेस्ट बिहान खाली पेटमा ७ दिनसम्म सेवन गर्ने ।

लसुन र महको महत्व
लसुनजस्तै मह पनि मानिसका लागि औषधिय गुणले भरिपूर्ण छ । लगातार सात दिनसम्म मह र लसुन सेवन गरेमा स्वास्थ्यका लागि चामत्कारिक फाइदा गर्छ । मह र लसुनबाट बनाइएको पेस्ट सेवन गर्दा स्वास्थ्यमा लाभ मिल्ने स्वास्थ्य विज्ञहरुको सुझाव छ ।

रुघाखोकीमा फाइदा
अहिले जाडोको मौसम चलिरहेको छ । यस मौसममा लसुन र महको मिश्रण सेवन गर्दा शरीरमा गर्मी बढाउँछ । जसले तपाईंको शरीरलाई न्यानो बनाईराख्ने काम गर्छ । साथै यसको सेवनले तपाईंलाई रुघाखोकीबाट पनि जोगाउँछ । 

मुटुका लागि फाइदा
लसुन र महको पेस्ट सेवन गर्दा मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले मुटुमा जमेर बसेको विकारलाई पनि बाहिर निकाल्छ । यसले मुटुका धमी सफा गर्ने हुँदा रक्तसञ्चार राम्रोसँग हुन पाउँछ ।

पाचनक्रियामा लाभ
♦  यसको सेवनले पाचनक्रियालाई बलियो बनाउँछ । मानिसको पाचनप्रणली सबल भयो भने पेटका कारण सुरु हुने अन्य रोग लाग्नबाट जोगाउँछ ।

♦  लसुन र महको पेस्टले शरीरमा जम्मा भएका फोहोर र विकार बाहिर निकाल्न ‘क्लिनर’ को काम गर्छ । शरीरको विकार बाहिर निस्किएपछि मानिसलाई स्वस्थ जीवन बिताउन यो लाभकारी मानिएको छ ।

पखालाबाट छुट्कारा
यदि तपाईँ पटकपटक लाग्ने झाडापखालाबाट पीडित हुनुहुन्छ भने लसुन र महको पेस्ट तपाईँका लागि ‘अमृत’ हुनसक्छ । यसको सेवनले पाचनप्रणलीले राम्ररी काम गर्न थाल्छ । यसले तपाईँको पेटसम्बन्धी जुनसुकै प्रकारको संक्रमण निको हुन सक्छ ।

घाँटीको इन्फेक्शनमा फाइदा
लसुन र महको पेस्ट घाँटीको इन्फेक्शनमा पनि त्यतिकै लाभकारी मानिएको छ । यसको मिश्रणमा एन्टी–एन्फ्लेमेटरी गुण पाइन्छ, जसले घाँटीको खसखस र सुन्निएको अवस्थाबाट आराम दिलाउँछ ।

Last modified on 2018-11-28 10:39:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts