सम्झना ल्याबोरेटरीमा २० दिने स्वास्थ्य परीक्षण अभियान सुरु



Download our app to get more features

ललितपुर, १६ मंसिर । बिरामी भएपछि हैन, बिरामी नहुनका लागि स्वास्थ्य परीक्षण गरौं भन्ने नाराका साथ पाटनको सम्झना ल्याबोेरेटरी क्लिनिकको आयोजनामा २० दिने स्वास्थ्य परिक्षण अभियान आइतबार सुरु भएको छ । 
ललितपुर महानगरपालिकाकी उपमेयर गिता सन्त्यालले ललितपुर मंगलबार हौगलस्थित सम्झना ल्याबोरेटरी परिसरमा आयोजित कार्यक्रममा परिक्षणको शुभाराम्भ गरिन् ।  सम्झनाका अध्यक्ष उर्दिप जोशीले स्वास्थ्य सम्बन्धि सोचमा परिवर्तन आवश्यक रहेकोले बिरामी हुनु भन्दा पहिला नै स्वास्थ्य परिक्षण गर्नु उपयुक्त हुने सन्देश दिनका लागि परिक्षण अभियान सुरु गरेको बताए । २० दिने अभियानमा ५ हजार जनालाई निशुल्क परिक्षण सेवा दिने सम्झनाको लक्ष्य रहेको उनले जानकारी दिए । सम्झनाले एक दशकअघि पिसाब जचाउ मृगौला बचाउ भन्ने नाराका साथ अभियान चलाएको स्मरण गर्दै त्यसैको निरन्तरताका रुपमा स्वास्थ्य परिक्षण सुरु गरेको जानकारी दिए । 
यो २० दिने अभियानमा सम्झनाले थाइराइड फंग्सन टेस्ट, ब्लाड सुगर, डक्टर कन्सुलेसन, डाइबेटिज आइ चेकअप निशुल्क गर्नेछ । त्यस्तै होल बडी प्याकेज चेकअपमा पनि ५० प्रतिशत छुट दिएको छ । ५ हजार ६ सय पर्ने  प्याकेज चेकअप यो २० दिन भर २ हजार ८ सय रुपैयाँमा गरिने सम्झनाले जानकारी दिएको छ । 

त्यस्तै सम्झनाले ललितपुर महानगरका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, विकलांग, क्यानसरका विरामी, अंग प्रत्यारोपण र डाइलसिस विरामीलाई नेपालमा हुने ल्याब परिक्षणमा ५० प्रतिशत छुट दिने जनाएको छ । विदेशमा परिक्षण गर्नुपर्नेमा पनि १५ प्रतिशत छुट दिने सम्झनाले जानकारी दिएको छ । एक्सरे, एमआरआई, युएसजी, इको आदी परिक्षणमा भने २५ प्रतिशत छुट दिइनेछ । 
ललितपुर महानगरपालिकाका उपमेयर सत्यालले महानगर सम्झनासँगको सहकार्यका लागि उत्साहित रहेको उल्लेख गर्दै अभियानको सफलताका लागि शुभकामना दिइन् । 
 

Last modified on 2018-12-02 14:02:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts