तपाईंको अनुहारले भन्छ तपाईंको स्वास्थ्य कस्तो छ !



Download our app to get more features

तपाईंको अनुहारले तपाईंको व्यक्तित्वको साथ साथै तपाईंको स्वास्थ्यको ऐना पनि हो । अनुहारलाई हेरेर तपाईं आफ्नो स्वास्थ्यको पहिचान गन सक्नुहुनेछ । तपाईंको स्वास्थ्यमा कुनै बदलाव भएको वा तपाईं स्वस्थ हुनुहुन्छ की हुनुहुन्न भन्ने पनि तपाईं आफ्नो अनुहार हेरेर नै पहिचान गर्न सक्नुहुनेछ ।

तपाईंको अनुहारले यस्ता संकेत दिए बुझ्नुस् तपाईं अस्वस्थ हुनुहुन्छ:

१. सुकेको ओठः सुक्खा ओठ र छाला छ भने शरीरमा पानीको कमि हुने संकेत हो । यदि तपाईंको ओठ र छाला जुनसुकै मौसममा पनि सुक्खा रहन्छ भने तपाईंको शरीरमा पानीको कमि र डीहाइड्रेट भएको हो भन्ने बुझ्नु पर्छ । यसको मतलव तपाईंलाई मधुमेह र हाइपोथाइरोडिज्मको जाँच गराउनु पर्छ ।

अनुहारमा कपालः कतिपय महिलाको ओठको माथि र चिउडीमा कपाल हुने गर्छ । यस्तो हुनुको कारण शरीरमा हर्मोनको सन्तुलन बिग्रनु हो ।

अनुहार पहेँलो हुनुः यदि तपाईंको अनुहारको रंगमा परिवर्तन भइरहेको र तपाईंको अनुहार पहेँलो हुँदैछ भने तपाईंको शरीरमा रगतको कमी भएको छ भन्ने बुझ्नुपर्छ । 

शरीरमा रातो विमिरा आउनुः अनुहारमा रातो विमिरा आयो भने तपाईंलाई पेट सम्बन्धी समस्या छ भन्ने बुझ्नु पर्छ । 

अत्यधिक कपाल झर्नुः प्रायः जसो मानिसमा कपाल झर्ने समस्या हुन्छ । यदि तपाईंको कपालको साथै आँखि भौँ र परेलाको कपाल पनि झर्छ भने तपाईंले त्यसलाई सामान्य रुपमा लिनु हुँदैन । स्वास्थ्य विज्ञका अनुसार यस्तो हुनुको कारण मध्ये हो अत्यधिक तनाव लिनु वा अटोइम्यून रोगले सताउनु ।

 

(नवभारतटाइम्स)

Last modified on 2019-02-14 06:51:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts