जानौं बसेर खाना खानुको फाइदाबारे...



Download our app to get more features

आजभोली सबैको दिनचर्या भागदौड मै बितिरहेको छ । कोहि सँग पनि बसेर कसैको कुरा सुन्ने समय हुँदैन । कुरा सुन्न त पर जावोस बसेर खाना खाने समय पनि कोहि सँग हुँदैन । प्रायः जसो व्यक्ति उभेरै खाना खाने गरेको देखिन्छ भने कतिपय व्यक्ति हिँड्दा हिँड्दै खाना खाने गरेको पनि देख्न सकिन्छ । तर, के तपाईंलाई थाहा छ यसरी उभेर वा हिँड्दा हिँड्दै खाना खानाले तपाईंको पिठ्यूको हड्डीको साथै मानसिक स्वास्थ्यमा नोक्सान पुर्याउँछ भनेर ।

पाचन प्रणालीमा हुन सक्छ समस्या 
जब हामी उभेर खाना खान्छौँ तब खाना पच्नमा निकै समय लाग्ने गर्छ । साथै हतार गर्ने क्रममा व्यक्तिले आवश्यक्ता भन्दा धेरै खाना पनि खाइदिन्छन् । धेरै खाना र त्यो खाना सुस्त गतिमा पाचन हुने हुँदा पेट सँग सम्बन्धीत समस्याले सताउन सक्छ । 

बसेर खाना खानुको फाइदा 
तलब बसेर खाना खाने क्रममा हामी जुन तरिकाले बस्छौं त्यो योगको एक क्रिया सँग मिल्दो जुल्दो हो । खुट्टालाई मोडेर बस्नु, खानाको गाँस लिनका लागि अघि झुक्नु र फेरि सिधा भएर खाना खानु यसले पेटमा भएका सम्पूर्ण मांसपेशीलाई पाचन रस निकाल्नमा मद्दत गर्छ । जसले खाना सजिलै पच्छ । 

पिठ्यूसँग सम्बन्धीत समस्यामा कमि 
नियमित तल बसेर खाना खानाले शरीर अझ फ्लेक्जिबल हुन्छ । तल बस्ने क्रममा हामी जुन तरिकाले खाना खान्छौं त्यसले पिठ्यूलाई निकै फाइदा पुर्याउँछ । यसले पिठ्यूको साथै तपाईंको ब्याक पेनलाई पनि कम गर्नमा मद्दत गर्छ । 

तौल नियन्त्रण गर्नमा राहत 
बसेर खाना खानाले पेट छिट्टै भर्छ भने उभेर खाना खाँदा धेरै खाइन्छ । यस अवस्थामा स्वभाविक रुपले तौल बढ्न जान्छ । त्यस कारण तौल नियन्त्रण गर्न चाहनुहुन्छ भने जति सुकै हतार भएपनि बसेरै खाना खाने बानी बसाल्नुहोस् ।

पोस्चर सुध्ररिन्छ
उभेर खाने क्रममा हामी धेरै झुक्ने गर्छौ र साथै आफूलाई सहज महसुस गराउन शरीरको कुनै एक भागमा धेरै दववा दिन पुग्छौं । नियमित यसो गर्नाले पीठ्यूको हड्डीमा असर पर्न थाल्छ र तपाईंको शरीर नै झुकेको देखिन थाल्छ । तर, बसेर खाना खानाले तपाईंको शरीर सँधै एक समान आकर्षक देखिन्छ ।

रक्त सञ्चारमा सुधार, मुटु रहन्छ स्वस्थ 
तल बसेर खाना खानाले शरीरमा रगतको बहाव र रक्त सञ्चालन पनि राम्रो हुन्छ । क्रस लेग अर्थात पलेटी कसेर बस्नाले नसाहरुमा खितावट कम हुन्छ र त्यसले आराम दिलाउँछ । यसले मुटु वरपरको प्रेसरलाई पनि कम गर्छ र मुटुलाई बलियो बनाउँछ । 

 

(भारतीय अनलाईन नवभारत टाईम्सबाट)

Last modified on 2018-12-19 15:21:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts