भारतमा सरोगेसी प्रतिबन्ध



Download our app to get more features

एजेन्सी, ५ पुस । भारतमा पछिल्लो दशक सरोगेसी अर्थात भाडाको कोख खुबै चर्चामा रह्यो । यसले चर्चा पाउनुको प्रमुख कारण भनेको सेलिब्रेटीले भटाभट सरोगेसी अपनाउन थल्नुलाई पनि मानिन्छ । सरोगेसीबाट आमाबाबु भन्ने होडबाजीका कारण यो पक्रियाले निकै चर्चा पाएको थियो । कतिपयले यो पक्रियालाई गलत मान्दै तत्काल रोक्न माग गर्दै आएका थिए भने कतिपयले यसलाई राम्रो मानेका थिए । यद्यपि चर्चा चलिरहेकै थियो ।

यसैबीच  सरोगेसीलाई व्यवस्थित गर्ने गरी भारतको लोकसभाले बुधबार सरोगेसी सम्बन्धी कानुन पास गरेको छ । जसमा सरोगेसीलाई प्रतिबन्ध लगाएको छ । तर, सहयोगको रुपमा आफन्त, नातेदारले भने कानुन अनुसार सरोगेसी गर्न पाउँछन् । कानुन अनुसार समलिङ्गी, एकल अभिभावक र लिभ इन पार्टरसिपमा रहेकाले कोख भाडामा लिन पाउने छैनन् ।


 
के हो सरोगेसी ?
सरोगेसी भनेको श्रीमती बाहेक अन्य व्यक्तिको कोख भाडामा लिएर बच्चा पाउनु हो । यसरी कोख भाडामा दिने महिलालाई सरोगेट आमा भनिन्छ । आवीएफ प्रविधिमार्फत श्रीमानको स्पर्म र श्रीमतीको अण्डाको मिलाप गराई तेस्रो महिलाको कोखमा राख्ने गरिन्छ । यसरी जन्मने बच्चाको डिएनए सरोगेसी गर्ने दम्पतीसँग मिल्छ ।  

यसकारण सरोगेसीमाथि प्रतिबन्ध
पछिल्लो केही वर्षयता भारतले सरोगेसी केन्द्रको रुपमा चर्चा पाइरहेको थियो । किनकी भारतमा निकै सस्तोमा कोख भाडामा मिल्ने गर्दथ्यो । ग्रामीण र गरीब परिवारका महिला आर्थिक प्रलोभनका कारण सरोगेट आमा बन्ने क्रम बढ्दो थियो । एक अध्ययनका अनुसार सरोगेसी गर्ने दम्पतीले २० देखि ५० लाख सम्म खर्च गर्थे । तर, जसले कोख भाडामा दिन्थे ति महिलाले जम्मा ५० हजार मात्रै पाउँथे । सरोगेसीले सहयोग गर्नुको साटो ठूलो व्यापारको रुप लिन थालेको थियो । यसरकारण कानुन नै बनाएर बन्देज लगाइएको हो । यसैकारण नेपाल, बेलायत, अमेरिका, थाइल्याड जस्ता देशले सरोगेसीलाई गैरकानुनी कार्य घोषणा गरिसकेका छन् ।

 

 

Last modified on 2018-12-21 07:06:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts