स्वाद मात्रै होइन स्वास्थ्यका लागि पनि लाभकारी छ मकैंको पिठो



Download our app to get more features

एजेन्सी, ८ पुस । मकैंको पिठोबाट बनेको खानेकुरा स्वादमा मात्रै नभएर स्वास्थ्यका लागि पनि निकै राम्रो मानिन्छ । मकैको रोटी होस् या अन्य खानेकुरा मानव स्वास्थ्यका लागि सबै उत्तिकै फाइदाजनक मानिन्छ । मकैमा जस्तो प्रशस्त फाइबर, भिटामीन, क्यारोटिनायड्स अन्य अन्नमा बिरलै पाइन्छ । मकैलाई शरीरले सहजै पचाउँछ, पाचनका हिसाबले पनि मकै निकै सहज मानिन्छ । यसमा ग्लूटिनरहित हुन्छ । मकैका अन्य फाइदा निम्न छन् :—

रगत बढाउँछ
शरीरमा रक्तकोषिकाको उत्पादन कम हुनुलाई एनिमिया भनिन्छ । यस्ता एनिमियाका बिरामीका लागि मकैंको पिठो निकै लाभकारी मानिन्छ । मकैंंमा भएको जिंक, फलाम तत्व, बिटा क्यारोटिनले रक्तकोषिका उत्पादनमा सहयोग गर्छ ।

हड्डी बलियो बनाउँछ
म्याग्निसियम र आइरनले भरिपूर्ण मकैको रोटी नियमित खानाले हड्डी निकै बलियो बन्छ । यसका अलावा मकैका हुने जिंक र फस्फोरस तत्वले अर्थराइटिस, अस्टियोपोरोसिस जस्ता रोगबाट टाढै राख्छ ।   

पचन प्रक्रिया सहज
गहुँको रोटीलाई शरीरले सहजै पचाउने विश्वास गरिन्छ । तर, गहुँको भन्दा पनि मकैको रोटीलाई शरीरले सहजै पचाउँछ । मकैको पिठोबाट बनेको खानाले एसिडिटी, कब्जियत, पेटसँग सम्बन्धित समस्यालाई निकै राम्रो गर्छ । यसमा हुने फाइबरले यी समस्यालाई टाढा भगाउँछ ।

पिसाब पोल्ने समस्या हट्छ  
मकैलाई पानीमा उमाल्ने र उम्लेको पानीमा मिस्री मिसाएर पिउँदा पिसाब पोल्ने समस्या ठिक हुने चिकित्सकहरु बताउँछन् । सुरुमा उसिनेको मकैलाई चपाउने र मिस्री मिसाएको पानी सेवन गर्दा मिर्गौला र मुत्र प्रणालीलाई समेत राहत मिल्ने उनीहरुको भनाइ छ । मिर्गौलाको पत्थरी हुनबाट पनि यो पानीले बचाउँछ ।

 

Last modified on 2018-12-24 09:53:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts