जाडोमा महको प्रयोग गर्ने



Download our app to get more features

अहिलेको समय जाडो यामको हो । पर्यावरणमा तापक्रम घट्दै जाँदा शरीरमा पनि अनेकौँ समस्या आउँछन् । ओठ फुट्ने, छाला सुक्खा हुने, घाँटी दुख्ने जस्ता समस्या आइलाग्छ । यस्ता समस्या देखिनासाथ औषधि खाने गर्नुभएको छ भने त्यो गलत हो ।

प्राकृतिक रुपमा आउने स–साना समस्यामा औषधि खानु उचित हुँदैन । त्यसका लागि प्राकृतिक उपचार खोज्नु नै बुद्धिमानी हुन्छ । मह त्यस्तै बहुपयोगी प्राकृतिक उपचार हो । जाडोमा पनि महको निम्न प्रयोग गर्न सकिन्छ ।

ओठ फुटेकोमा

महमा थोरै मात्रामा नरिवल वा जैतुनको तेल, गुलाफ जल र थोरै मैन मिसाएर लगाएमा ओठ फुटेको निको हुन्छ । साथसाथै ओठ फुट्नबाछ पनि जोगाउँछ ।

सुक्खा छालामा

दूध र सुन्तलाको रससँग मह मिसाएर सुक्खा वा फुटेको छालामा लगाउन म्वाइस्चराइजर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम हुन्छ । त्यसरी प्रयोग भएको दूधले छालामा मरेका कोषको पुर्नर्निमाण गर्छ । सुन्तलाको छालामा भएको भिटामिन सीले छालालाई नरम बनाउँछ । हल्का तताएको एक कप महमा दुई चम्चा शुद्ध दूध र सानो सुन्तलाको जुस मिसाएर त्यस्तो म्वाइस्चराइजर बनाउन सकिन्छ । प्रत्येक दिन दुईपल्ट ४५/४५ मिनेट त्यो म्वाइस्चराइजर प्रयोग गरेर तातो पानीले पखाल्नुपर्छ ।

घाँटी दुखेमा

तातो दूध वा चियासँग मिसाएर मह खाने गरेमा घाँटी दुखेको निको हुन्छ । त्यस्तै अदुवालाई स–साना टुक्रामा काटेर महमा भिजाई चुस्ने गर्दा पनि घाँटी दुखेको निको हुन्छ ।

चिसोबाट जोगिन

हरेक विहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ । यसले चिसोबाट जोगाउँछ । नियमित प्रयोगले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ जसले रुघाखोकी लाग्न दिदैन ।

जाडोमा आनीबानी

१. जाडो मौसममा अन्य सिजनभन्दा बढी पानी शरीरका लागि आवश्यक हुन्छ ।

२. अधिक मात्रामा पानी पिउनुपर्छ ।

३. तनावमा हुने व्यक्तिलाई जाडोमा चिसो र फ्लुले चाँडै समात्छ ।

४. तनाव घटाउनुपर्छ वा तनावमुक्त हुनुपर्छ ।

५. शरीरलाई चाहिने पोषणका लागि हरेक दिन ताजा फलफूल र तरकारी खानुपर्छ ।

६. जाडोमा कम्तीमा १५ मिनेट व्यायाम गर्नुपर्छ । केहिबेर भएपनि हिँड्नु राम्रो हुन्छ ।

७. ६ देखि ८ घण्टा सुत्नु आवश्यक छ ।

८. जाडोको बेला समय समयमा हात धुनुपर्छ । भाइरस र व्याक्टेरियालाई आफूबाट टाढा राख्नुपर्छ ।

९. धूम्रपान गर्ने बानीले इम्युन सिस्टमलाई कमजोर बनाउँछ ।

१०. मदिरा, धूम्रपान जाडोमा झनै घातक हुन्छ ।

११. दूधबाट बनेका खानेकुराहरु थोरै खानुपर्छ ।

Last modified on 2018-12-24 09:53:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts