ग्रीन टी पिउने समय कतै तपाईं पनि यस्ता गल्ती गरिरहनु भएको त छैन ?



Download our app to get more features

ग्रीन टी को फाइदाका बारेमा तपाईं हामी सबैले पढि रहेका हुन्छौं । मुटु, पाचनक्रिया, रोग प्रतिरोधात्मक शक्ति र मेटाबोलिज्मका लागि ग्रीन टी लाई निकै नै राम्रो मानिन्छ । त्यति मात्र होइन ग्रीन टी ले सौन्दर्यमा पनि फाइदा गर्ने गरेको सौन्दर्य विज्ञहरुको भनाई छ । यति हुँदा हुँदै पनि ग्रीन टी को केही बेफाइदाहरु पनि छन् ।

बिना बुझि पिउनु हुन्न ग्रीन टी
हामी मध्ये कैयौंलाई लाग्न सक्छ की ग्रीन टी पिउनाले फाइदा हुन्छ त्यसकारण म पनि ग्रीन टी पिउन सक्छु र तपाईंपनि बिना जानकारी कै आफ्नो दैनिक रुटिनमा ग्रीन टी लाई समावेश गराउनु हुन्छ । तर, ग्रीन टी पिउने समय केहि कुरामा ध्यान दिन भने जरुरी हुन्छ । जानौं...

हुन सक्छन् यस्ता समस्या 
ग्रीन टी मा पाइने कैफीन र ट्यानिन्सका कारण पेटमा समस्या हुन सक्छ । कैफीन र ट्यानिन्सले शरीरमा एसिडको मात्रालाई बढाईदिन्छ र पाचनपक्रियामा गएर समस्या उत्पन्न गराउन सक्छ ।

पेटमा हुन सक्छ समस्या
ग्रीन टी का कारण पेटमा जलन, पेट दुख्ने, कब्जियत र वाकवाकी पनि लाग्न सक्छ । विशेषगरी जसलाई पेप्टिक अल्सर, एसिडिटी वा एसिड रिफलेक्सको समस्या हुन्छ उनले ग्रीन टी न खानु नै उचित हुन्छ ।

 

(नवभारत टाइम्सबाट)

Last modified on 2018-12-27 06:28:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts