तनाव र अनिन्द्राले मात्रै हुँदैन डार्क सर्कल



Download our app to get more features

भागदौडको दैनिकीका कारण महिला र पुरुष दुवैमा छाला सम्बन्धी एउटा समान समस्या देखिएको छ त्यो हो डार्क सर्कल । अझ महिलालाई यो समस्याले धेरै नै सताउने गरेको छ । धेरैको विश्वास छ की तनाव, अनिन्द्राका कारण डार्क सर्कल हुन्छ । तर, डार्क सर्कल त्यतिमा मात्रै सिमित छैन । शरीरमा विभिन्न हर्मोनको असन्तुलन, अव्यवस्थित खानपान, भिटामीनको कमी, छालाको एजर्लीको कारण पनि डार्क सर्कल हुन्छ ।

कतिपयमा त डार्क सर्कल वंशानुगत पनि हुन्छ । यस्तो समस्या उमेर बढ्दै जाँदा झनै बढ्छ । तर, धेरैजसोमा डार्क सर्कल भिटामीनको कमीको कारणले नै देखिने गर्छ । जानौं कुन कुन भिटामीनका कमी भएमा डार्क सर्कल देखिने रहेछ त :—

आइरन
आइरनको कमी हुनु भनेको मांसपेशीको कोषले प्रशस्त अक्सिजन नपाउनु हो । कोषमा प्रशस्त मात्रामा अक्सिजन नभए डार्क सर्कल देखिन्छ । यस्तै जुन व्यक्ति एनिमियाको समस्याबाट गुज्रिरहेको छ उसमा पनि आइरनको कमी हुन्छ र आँखाको तल्लो भागमा कालो धर्सा देखिन्छ । यस्तो अवस्थामा प्रशस्त मात्रामा हरियो सब्जी, पालक, दाल, बदाम, ब्राउन राइन, गहुँ खाए राहत मिल्छ ।

भिटामीन के
छालाको सुन्दरता बढाउन भिटामीन के को महत्व धेरै छ । यसकारण सौन्दर्य प्रसाधनका सामानमा भिटामीन के को प्रयोग प्रशस्त हुने गर्छ । शरीरमा भिटामीन के को कमी भएमा सबै भन्दा पहिला आँखाको वारिपरिको कोषहरु मर्न थाल्छन् । यसकारण शरीरमा भिटामीन केको कमी हुनै नदिन हरिया सागसब्जी, पालक, फुलगोभी, ब्रोकाउली, माछा, मासु, अण्डाको सेवन गर्नुपर्छ ।

भिटामीन ई
भिटामीन ई ले छालालाई कसिलो र स्वस्थ राख्न मद्दत गर्छ । यदि शरीरमा भिटामीन ईको कमी भयो भने छाला मृत, सुख्खा देखिन्छ । साथै भिटामीन ईको कमीले डार्क सर्कल बढाउन पनि मद्दत गर्छ । शरीरमा भिटामीन ईको कमी हुन नदिन सूर्यमुखी तेलको प्रयोग, बदाम, पालक, ब्रोकाउली लगायत खानेकुरा खानुपर्छ ।

भिटामीन सी
धेरै मानिसको बुझाइ छ की भिटामीन सी ले सिर्फ चिसोबाट मात्रै बचाउन मद्दत गर्छ तर त्यसो होइन । भिटामीन सीले डार्क सर्कलको उपचारमा पनि अहंम भूमिका खेल्छ । भिटामीन सीले छालाको लचिलोपनालाई कायम गर्न मद्दत गर्छ साथै रक्तकोषिका बलियो बनाउन पनि सहयोग गर्छ । रक्तकोषिका लचिलो बने आँखा वारपरको छाला स्वस्थ रहन्छ । भिटामीन सीको कमी पुरा गराउन निबुवा, गोलभेँडा, आलु, पालक, फुलगोभी, ब्रोकाउली खान सकिन्छ ।

भिटामीन ए
भिटामीन एमा भएको एन्टी अक्सिडेन्ट तत्वले बुढ्यौली रोक्न विशेष भूमिका निर्वाह गर्छ । भिटामीन ए छालाको सुख्खापनसँग बढ्ने क्षमता राख्छ जसले आँखाको तल देखिने कालोपनलाइ निर्मूल पार्छ । शरीरमा भिटामीन एको मात्रा बनाइ राख्न मख्खन, तरबुजा, आँप लगायत पलफुल र खाद्यन्न खान सकिन्छ ।

 

Last modified on 2019-03-14 07:11:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts