जापानमा यो वर्ष पनि सुध्रिएन जन्मदर



Download our app to get more features

सिएनएन, १३ पुस । सन् २०१८ मा पनि जापानमा जन्मदरको अवस्था सुधार हुन सकेन । विकास निर्माणको गति तिव्र भए पनि जन्मदर भने निकै नै कम रहेको जापान सरकारले दिएको तथ्यांकले देखाएको छ । सन् २०१८ मा जापानमा जम्मा नौ लाख २१ हजार शिशु जन्मिएका थिए जुन सन् १८९९ यता कै सबै भन्दा कम भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या सन् २०१७ को भन्दा पनि २५ हजारले कम हो । जापानमा वर्षमा १० लाख शिशु पनि नजन्मिएको यो लगातार तेस्रो वर्ष हो ।

यस्तै, सन् २०१८ को मृत्युदर पनि जापानमा उच्च रहेको छ । यो वर्ष ४ लाख ४८ हजारले प्राकृतिक रुपमा ज्यान गुमाएको जापान सरकारले जनाएको छ । जन्मदर कम र लामो आयूका कारण जापान ‘सुपर एज राष्ट्र’ बनिरहेको छ । जहाँको जनसंख्याका २० प्रतिशत भन्दा बढी हिस्सा ६५ वर्ष भन्दा बढीका वृद्धवृद्धाले ओगटेका छन् । जापानको कुल जनसंख्या एक सय २४ मिलियन छ । यही अनुपातमा जन्मदर घट्ने हो भने सन् २०६५ सम्ममा जापानको जनसंख्या ८८ मिलियनमा सिमित हुने जनाइएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आवेले सन् २०६० सम्ममा जापानको जनसंख्या एक सय मिलियनबाट घट्न नदिने चाहना राखेका छन् । सोही कारण जापान सरकारले सन् २०१७ मा तीन देखि पाँच वर्ष उमेरका बालबालिकालाई विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको थियो ।

Last modified on 2018-12-29 09:51:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts