शीतलहर तथा चिसोबाट कसरी बच्ने ?
            प्राय प्रत्यक वर्ष भित्रि मधेश तथा तराइका जिल्लाहरुमा जाडोयाममा शीतलहर तथा चिसोका कारण जनजिवन प्रभावित हुने गरेको छ । त्यसैले चिसोबाट बच्न निम्न उपाएहरु अपनाउन अनुरोध छ ।
बच्ने उपायहरु
- गोडा माथि देखि नै बाक्लो तथा न्यानो लुगा लगाउने गरौं ।
 - धुम्रपान तथा मद्यपानको सेवन नगरौं ।
 - कोठा न्यायो पारौं र पर्याप्त हावा ओहोरदोहोर हुने व्यवस्था मिलाऔं ।
 - बालबालिका, बृद्ध, बृद्धा, गर्भवती महिला तथा दीर्घ रोगीहरुलाई चिसोबाट जोगाऔं ।
 - आमाको दुध खाने बच्चालाई नियमित स्तनपान गराऔं ।
 - तातो तथा पोसिलो झोल पदार्थहरु सेवन गरौं ।
 - स्वास्थ्य सम्बन्धि कुनै समस्या आइ परेमा,ज्वरो आएमा, झडापखला लागेमा, दम बढेमा, खोकी लागेमा, छाती घ्यार घ्यार भएमा वा श्वास फेर्न कठिन भएमा तुरुन्त नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गरौं ।
 - सुत्ने कोठामा आगो, मकल, कोइला बाली झ्याल ठोका बन्द गरी सुत्नु हुदैन। जसले गर्दा श्वास फेर्न नसकि निसासिएर मृत्यु पनि हुने सक्छ ।
 - आगो बालेको ठाँउमा बच्चालाई एक्लै नछोडैं ।
 
नेपाल सरकार 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
स्वास्थ्य सेवा विभाग 
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा,टेकु 
 
                
                
                     Last modified on 2019-01-01 07:40:11                
                
                                    