दक्षिण भारतमा मंकी फिवर फैलियो, कसरी लाग्छ मंकी फिवर ?



Download our app to get more features

एजेन्सी, २४ पुस । स्वाइन फ्लू, बर्ड फ्लू, निपाह जस्ता रोगको बारेमा प्रायः मानिस जानकार नै छन् । तर दक्षिण भारतको कर्नाटकमा केही समययता मंकी फिवर नामको रोग फैलिएको छ । मंकी फिबरका कारण १५ जना बिरामी हुनुका साथै कयौं मानिस संक्रमित भएको समाचार सार्वजनिक भइरहेको छ ।

मंकी फिवर अर्थात यास्नुर फँरेस्ट रोगका कारण तीन जनाको मृत्यु समेत भइसकेको पुष्टि भएको छ । सबै भन्दा चिन्ताको विषय के हो भने जसले मंकी फिवरविरुद्धको खोप लगाएका थिए उनीहरु पनि यो रोगबाट संक्रमित भएको चिकित्सकहरुको भनाइ छ ।   भारतमा सन् २०१६ यता मात्रै मंकी फिवरका कारण ३२७ मानिस प्रभावित भएका छन् । सन् २०१८ मा मात्रै १९ जना मंकी फिवरबाट प्रभावित भएका थिए । 

के हो मंकी फिवर ? 
सन् १९५७ मा पहिलो पटक मंकी फिवरको बारेमा जानकारी हासिल भएको थियो । त्यसयता यसले मध्ययूरोप, पूर्वीयूरोप, उत्तर एसियामा आफ्नो फैलावट बिस्तार गरिसकेको छ । भारतको कर्नाटक, केरला र गोवामा यसको संक्रमण देखिएको छ । यो रोग बादरको घुलमिलका कारण मानिससम्म पुग्ने गर्छ ।

मंकी फिवर सबैभन्दा बढी नोभेम्बरदेखि मार्च महिनाको बीचमा फैलिएको पाइएको छ । कर्नाटकको यास्नुर जंगलमा अचानक बादरको संख्या घटेपछि अनुशन्धान सुरु भएको थियो । सो क्रममा बादरमा एक प्रकारको भाइरसका कारण उनीहरुको संख्या दिनानुदिन घट्दै गएको फेला परेको थियो । यो भाइरसको सम्पर्कमा आउनेको तुरुन्तै अवस्था खराब हुने र मृत्यु समेत हुने पाइएको थियो । सो भाइरसको नाम टिक थियो । टिकका कारण हुने बिरामीलाई टिक बर्न एन्सेफ्लाइटिस (टिबीआइ) भनिन्थ्यो ।

कसरी फैलिन्छ मंकी फिवर
मंकी फिवर एक मानिसबाट दोस्रो मानिसमा सर्दैन । मंकी फिवर प्रभावित जनवार खासगरी बादरको पञ्जा लगेका जनवारको सम्पर्कमा गए रोग सर्छ । 

मंकी फिवर भएको कसरी थाहा पाउने ?
अन्य फिवरमा जस्तै मंकी फिवरमा पनि उच्च ज्वरो आउँछ । साथै शरीरका अंगप्रत्यांग दुख्ने र कमजोर महशुस हुन्छ । अवस्था अझै गम्भीर बन्दै गएमा मुख, नाकबाट रक्तश्राव हुन थाल्छ । 
मंकी फिवर फैलिएको क्षेत्रमा नजानु नै सबैभन्दा राम्रो विकल्प हो । साथै यस रोग विरुद्धको भ्याक्सिन लगाउनु अथवा टिक भाइरसबाट घरपालुवा जनावरलाई टाढै राख्नु अर्को उपाय हो । यो रोग ठिक केही सातादेखि एक महिनासम्म लाग्ने चिकित्सकहरुको भनाइ छ । 

Last modified on 2019-01-09 09:21:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts